२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

बारामा मदिराजन्य पदार्थ सेवन, विक्रीवितरण तथा ओसारपसार नगर्न आदेश, गरे कानुनबमोजिम कारबाही

२०७९ बैशाख २६, सोमबार मा प्रकाशित ( साल अघि) ७५७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ बैशाखः आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यलय बाराले भोलिदेखि बारा जिल्लाभर मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाउँदै आदेश जारी गरेको छ । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका २०७९को प्रावधानअनुसार आदेश जारी गरिएको हो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालद्वारा  हस्ताक्षरित सूचनापत्रमा बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि बारा जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको जनाइएको छ । सोमबार जारी सूचनापत्रमा यदि आदेशको पालना नगरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने पत्रमा उल्लेख गरिएको छ ।

सीमा नाका बन्द
सोही पत्रको बुँदा नं २ मा यही बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि बैशाख ३० गते शुक्रबारसम्मलाई जिल्लाका भारतीय सीमासँग जोडिएका सिमाना पूर्णरुपमा बन्द हुने जनाइएको छ ।

अनुमतिप्राप्त बाहेकका सवारी साधन नचलाउने
जिल्ला प्रशासन कार्यलयले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै अनुमति प्राप्त बाहेकको सवारी साधन सञ्चालनमा निषेध गरेको छ । बैशाख २९ गते राति १२ बजेबाट बैशाख ३० गतेका दिन मतदान कार्य नसकिएसम्म एम्बुलेन्स, दुध तथा औषधी बोकेकाो सवारी साधन, खानेपानी ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता, अत्यावश्यक सेवा र कुटनीतिक नब्वर प्लेटका सवारी साधन र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु