२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उज्यालो टाँगियाबस्तीका अभियन्तालाई जिताउन मतदातालाई गगन थापाको आग्रह

२०७९ बैशाख २७, मंगलबार मा प्रकाशित ( साल अघि) ५२२ पाठक संख्या

सिमरा, २७ बैशाखः नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थमन्त्री गगन थापाले जीतपुर सिमरा वडा नं–१६ मा काँग्रेसको तर्फबाट वडा अध्यक्ष नमराज संजेल र उहाँको टिमको प्रशंसा गर्दै उज्यालो टांगियाबस्तीका अभियन्तालाई मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गर्नुभएको छ । आज भिडियो सन्देश मार्फत थापाले नवराज सञ्जेलको कार्यको प्रशंसा गर्दै मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभएको हो ।
नेपाली काँग्रेसले यस वडामा यूवाहरुलाई समावेश गरी टाँगियाबस्तिका उज्यालो अभियन्ता नमराज संजेलको नेतृत्वमा प्रचार सुरु गरेपछि जनलहर बढेको छ्र । त्यस वडामा बिगतमा अन्यले नेतृत्व गरी जनजीविकाको सवालमा कुनै पनि काम नगरेको र बिभिन्न गलत काम गरेकाले यस पटक जनता काँग्रेसतिर आकर्षित भएको पाइन्छ्र । यस वडामा नेपाली कांग्रेसले कृषि उद्यमशिलता र पर्यटन प्रवर्द्धनमार्फत समुन्नति ल्याउने गरी टागियाबस्ती लाई बिशेष महत्व दिएर आफ्नो घोषणा पत्र सार्बजनिक गरे पछि जनतामा नयाँ आशा पलाएको छ र जनलहर पनि बढेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु