२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा गठबन्धनका प्रमुख र उपप्रमुख नै अगाडि

२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

 

सिमरा, १ जेठः बाराको जीतपुरसिमरामा खसेको ५२ हजार ९ सय ५८ मत मध्ये ५ हजार मतपत्र गणना हुँदा गठबन्धनका प्रमुख र उपप्रमुखको अग्रता देखिएको छ । निर्वाचन कार्यलयका अनुसार गठबन्धनका मेयरका उम्मेद्वार राजन पौडेलले हालसम्म ३ हजार ७ सय १ मत प्रात गर्नुभएको छ भने नेकपा एमालेका प्रमुख उम्मेद्वार सरस्वती चौधरीले २ हजार २ सय ४६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी लोसपाका सञ्जय कुमार साहले १ हजार २ सय ६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाका माधव प्रसाद त्रिपाठीले १ सय ५०मत प्राप्त गर्नुभएको छ । त्यस्तैगरी उपमेयरका प्रत्यासीमा गठबन्धनका उपमेयर उम्मेद्वार मेघा शाहीले ३ हजार ५ सय ५२ मत प्राप्त गर्नुभएको छ । एमालेका भोला अधिकारीले २ हजार ४ सय २० , लोसपाका विपि मोक्तानले १ हजार १ सय ७२, राप्रपाका सुस्मा मिश्रले १ सय ६३ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म वडा नं २४, २३, २२ र १ नं वडाको मत गणना कार्य सम्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु