२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको वडा ४ बाट माओवादी केन्द्रको पनि जीतको खाता खुल्यो, अध्यक्षमा खत्री विजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) ८०१ पाठक संख्या

 

सिमरा, २ जेठः जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले जीतको खाता  खोलेको छ । वडा नम्बर ४ मा माओवादी केन्द्रका तर्फबाट भोजबहादुर खत्री (ईश्वर) ले वडाध्यक्षको पद जितेपछि माओवादीको जीतको खाता खुलेको हो । खत्रीले ९२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भागवत चौधरीलाई ३ सय ६१ मत अन्तरले पराजीत गर्नुभएको थियो ।
खत्री २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचत हुनुभएको थियो । वडा अध्यक्षसहित ३ सदस्यमा माओवादी केन्द्रबाट र एकजना वडा सदस्य एमालेबाट आएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु