२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल लाइफको घातक रोग सुविधा :मृगौला रोगीलाई दियो बीस लाखको चेक

२०७९ जेष्ठ २२, आईतबार मा प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या

सिमरा, २२ जेठः बाराका एक मृगौला रोगीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीतपुर शाखाले घातक रोग सुविधा अर्न्तगत बीस लाख रुपैंया प्रदान गरेको छ । शाखा प्रमुख कमलेश कुमार कर्णले जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती निवासी मृगौला रोगी रञ्जीता खड्काको परिवारलाई घरमै पुगेर बीस लाखको चेक हस्तान्तरण गर्नुभएको हो । बीस लाखको १५ वर्षका लागि जीवन विमा गराएकी खड्काले २ किस्ता मात्रै तिरेको अवस्थामा घातक रोग लागेको पाइएपछि विमितलाई सहज होस् भनेर घातक रोग सुविधाका लागि फारम भरेको डेढ महिनामै चेक पुर्याउन आएको कर्णले दावी गर्नुभयो ।
नियमानुसार कम्पनीले विमितले लिएको घातक रोग सुविधा वापत नै रकम दिएको भएता पनि आफूलाई यसले निकै राहत पुगेको खड्काका श्रीमान् सूर्य प्रसाद पकुवालले बताउनुभयो । रोजगारीको शिलशिलामा दक्षिण कोरीया रहेका उनी श्रीमतीलाई मृर्गौलामा समस्या देखिए देखि नेपालमै छन् र अस्पताल धाइरहेका छन् । मन भरी पीडा बोकी बेरोजगार रुपमा अस्पताल धाइरहेका बेला जीवन विमाबाट प्राप्त गरेको घातक विमा सुविधाले मनकारी मित्रले साथ दिए झैं महसुस भएको पकुवालले जिकिर गर्नुभयो ।
सुविधा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले कम्पनीलाई धन्यवाद दिंदै भने“रोग लागि सकेपछी उपचारका लागि रातदिन नभनी चन्दा उठाउन लागि पर्नु भन्दा स्वस्थ र समान्य अवस्थामा हुँदा जासोतसो विमा गरे वेश हुने रहेछ” । अस्पतालको सुचना र स्थानीय निकायको सिफारीसलाई आधार मानेर विल भर्पाइको झंझट विना सिंगो विमा बराबरको रकम उपचारका लागि पाउनुले विरामीलाई राहत दिनुका साथै दौडधुप र तनाव पनि कम दिएको श्रेष्ठले बताउनुभयो ।
गत २०७७ साल माघमा मृर्गौला फेल भएकी ३२ वर्षीया रञ्जीता खड्काको गएको ०७८ कार्तीक २५ गते मृर्गौला प्रत्यारोपण गरिएको उनका परविारजनले जानकारी दिए । अहिले उनी काठमाण्डौंमा बसेर फलोअप चेकअप गराइरहेकी छिन् । कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर श्रीराम साह, स्थानीय सरस्वती पकुवाल, सुमित्रा घोरासाइने, पूजा पन्त, नवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु