२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा १९ पदका लागि ५४ जनाको मनोनयन दर्ता

२०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३१ जेठः बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनमा १९ पदका लागि ५४ जनाले मनोनयन दर्ता गराएका छन् । असार ११ गते हुने निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
संघको अध्यक्षका लागि मोहनप्रसाद शर्मा लामिछानेको एकल उम्मेदवारी परेको छ । संघको विधानमा बरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन पाउने व्यवस्था रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो ।
संघको बरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवार रहनुभएको छ ।

अध्यक्षबाहेक अन्य सात जना पदाधिकारीका लागि २५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षसहित संघको पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष उद्योग, महासचिव, सचिव वाणिज्य र सचिव उद्योग पदमा एक–एक जना निर्वाचित हुनेछन् । एक जना निर्वाचित हुने वाणिज्यतर्फको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि अर्जुन लम्साल, मोहन साह कलवार, रामनारायणप्रसाद साह, गजेन्द्रप्रसाद गुप्ता र सन्तोष गुप्ताले उम्मेदवारी दिनुभएको हो । उद्योग उपाध्यक्षतर्फ दीपक गुप्ता, विजयकुमार साह र राजुराज गिरीले मनोनयन दर्ता गराउनुभएको छ ।
संघको महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि अनिलकुमार तिवारी, लक्ष्मण अधिकारी र प्रकाश गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी कोषाध्यक्षमा रामबाबु कलवार र अमरप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ ।
संघको वाणिज्यतर्फको सचिवका लागि रमेशप्रसाद खरेल, गीताकुमारी शर्मा, श्यामबाबु साह, शान्तिकुमारी बजगाई (रिना), विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद साहको उम्मेदवारी परेको छ । उद्योगतर्फ सचिवका लागि मुकेशप्रसाद साहको एकल उम्मेदवारी परेको छ ।
यता वाणिज्यतर्फको सात सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको छ भने उद्योगतर्फको तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने एशोसियटतर्फको सदस्य पदमा भने कसैको उम्मेदवारी परेन ।तीन वर्षे कार्यकालका लागि असार ११ गते हुने निर्वाचनमा एक हजार तीन सय भन्दा बढी मतदाता सहभागी हुदैछन् । जेठ २५ गते सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो । हेर्नुहोस् नामावलीः

Received_766470647688567

Received_335761435225577

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु