२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराका १८ वटै स्वास्थ्य केन्द्रमा पाइन्छ आधुनिक परिवार नियोजनका साधनहरु

२०७९ अषाढ २, बिहिबार मा प्रकाशित ( साल अघि) ५०७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २ असारः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका १८ वटा स्वास्थ्य केन्द्रमा आधुनिक परिवार नियोजनका साधनहरु उपलब्ध रहेको बताइएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजनामा सम्पन्न पाँच आधुनिक परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित विषयक कार्यक्रममा परिवार नियोजनका साधनहरु १८ वटै स्वास्थ्य केन्द्रमा उपलब्ध हुने बताइएको हो ।

1655398761446

पालिकाका जनस्वास्थ्य अधिकृत रविकुमार भाष्करले पालिकाभित्र रहेका १८ ओटा स्वास्थ्य सेवा केन्द्रहरुमध्ये सिमरा प्राथमिक स्वाथ्य केन्द्र, जीतपुरसिमरा स्वास्थ्य चौकी र छातापिपरा गरी ३ स्थानबाट कण्डम, डिपो, खाने चक्की (पिल्स), आई.यू.सि.डी. र ईम्पालान्ट गरी ५ ओटा साधनहरु उपलब्ध हुने जानकारी दिनुभयो ।
यसैगरी यस पालिकाका ९ वटा स्वास्थ्य संस्थाबाट कण्डम, डिपो, खाने चक्की (पिल्स) र ईम्पालान्ट गरी ४ ओटा साधनहरु र बाकीँ रहेका स्वास्थ्य केन्द्रहरुबाट कण्डम, डिपो र खाने चक्की (पिल्स) गरी ३ ओटा साधनहरु पाउने समेत जानकारी गराउनुभएको छ ।यसैगरी कार्यक्रममा जनस्वास्थ्य प्रवद्धनका रन्जिता साहले जीतपुरसिमरा उपमहानगरपािलकाको स्वास्थ्य सम्बन्धि संरचनाहरु र परिवार नियोजन सम्बन्धि उपलब्ध सेवाहरुको जानकारी गराउनुभएको थियो । उहाँले नगरमा १ लाख ३७ हजार ७ सय ३६ कुल जन्संख्या मध्ये ४१ हजार २७ जना प्रजनन उमेरका महिलाहरु, ३५ हजार ६५ ओटा प्रजनन उमेरका विवाहित महिलाहरु रहेको समेत साहले जानकारी दिनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रसाशकीय अधिकृत चेतकुमार पोखरेल, सिमरा प्राथमिक स्वास्थय केन्द्रका अशोक जैशवाल, जनप्रतिनिधि , सम्बन्धित वडाका महिला सदस्य र सबै केन्द्रका महिला स्वाथ्य कर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा जीतन ठाकुरले सहजीकरण गर्नुभएको थियो ।

Jitpur Aaaad.PNG5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु