२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा ७ का वडाध्यक्ष गुप्ताले सम्हाले विव्यस अध्यक्षको पदभार

२०७९ अषाढ १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ९६० पाठक संख्या

सिमरा, १० असारः बाराकाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी माविमा आज विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रुपमा पदभार ग्रहण गरिएको छ । गत स्थानीय निर्वाचनबाट वडा नं ७ मा वडाध्यक्षका रुपमा निर्वाचित सुनिल गुप्ताले आज विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा पदभार ग्रहण गर्नुभएको हो ।पदभार ग्रहण गर्दै अध्यक्ष गुप्ताले जीतपुरको शिक्षामा आमूल परिवर्तन गर्ने, गुणस्तर सुधार गर्ने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ को यही असार नौ गते बसेको बैठकले नगर शिक्षा ऐन २०७५ परिच्छेद ५ दफा १९ को उपदफा १(क) बमोजिम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको लागि वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति अध्यक्ष हुने प्रावधान रहेकोमा वडाध्यक्ष सुनिलकुमार गुप्तालाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा समितिले सिफारिस गरी पठाएको थियो ।

1656062783422

पदभार ग्रहण कार्यक्रममा विद्यालयका प्रधानाध्यापकलगायत जीतपुर वजारका उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षासेवी, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । उपस्थित सबैले टिका र खादा लगाइदिई वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्तालाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु