२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा गुप्ता र महासचिव पदमा गिरी निर्वाचित

२०७९ अषाढ १२, आईतबार मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

सिमरा, १२ जेठः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता र महासचिव पदमा प्रकाश गिरी निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा गुप्ता ५९ मतको मतान्तरले निर्वाचित हुनुभएको हो । संघको सभाहलमा शनिवार रातीदेखि भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले ३१९ मत प्राप्त गर्नुभएको थियो भने महासचिव गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो ।
वरिष्ठ उपाध्यक्ष पदकै अन्य उम्मेद्वारहरु ओमप्रकाश गुप्ताले २६० मत, रामचन्द्र पौडेलले २३७ मत, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महासचिव पदका अन्य उम्मेदवारहरु लक्ष्मण अधिकारीले २७३ मत र अनिल तिवारीले १८२ मत प्राप्त गर्नुभयो ।
यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ताले ३०० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उक्त पदका अन्य उम्मेदवार मोहन साह कलवारले २११ मत, अर्जुन लम्सालले १६६ मत, सन्तोषकुमार गुप्ताल १३४ मत र रामायणप्रसाद साहले १४ मत प्राप्त गर्नुभएको छ ।
यता उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित हुनुभएको छ । गुप्ता ४७ मत प्राप्त गर्दै बिजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी दीपक गुप्ताले ३२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचित हुनुभएको छ । कलवार पनि फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो । कलवारले ५८५ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले ३१५ मत प्राप्त गर्नुभयो ।

वाणिज्यतर्फको सचिव पदमा विष्णुप्रसाद अधिकारीले २२७ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १९८ मत, गीता शर्माले १४३ मत, श्यामबाबु साहले ११६ मत, शान्ताकुमारी बजगाई (रिना) ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गर्नुभयो । यसअघि उद्योगतर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भैसक्नुभएको थियो ।

यसैगरी वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, आशा कुमारी दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रीता कँडेल निर्वाचित हुनुभएको छ । यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ मत र रिना रौनियार पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो ।
कुल १ हजार ३ सय ५ मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा लामिछाने यसअघिनै अध्यक्ष पदमा निर्वाचित भैसक्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु