२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कर समायोजन गरे स्थानीय सरकारले सोचेभन्दा बढी कर उठाउन सक्ने मधेस प्रदेश उद्योग वाणिज्य सँघका अध्यक्ष लाठको दावी

२०७९ अषाढ १३, सोमबार मा प्रकाशित ( साल अघि) ४७५ पाठक संख्या

नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रम
सीता अधिकारी
सिमरा, १३ जेठः स्थानीय सरकारले व्यवसायी तथा जनतामाथि जवरजस्ती थोपरेका विभिन्न करलाई समायोजन तथा पुनविर्चार गर्ने हो भने व्यवसायीहरुले स्थानीय सरकारले सोचेभन्दा बढी कर उठाएर दिन सक्ने मधेष प्रदेश उद्योग वाणिज्य सँघका अध्यक्ष गणेश लाठले दावी गर्नुभएको छ ।

1656339573365

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रममा उहाँले सो दावी गर्नुभएको हो । स्थानीय सरकारहरुले विभिन्न क्षेत्रमा लगाएको करमा पुनर्विचार गर्ने हो भने अघिल्लो वर्षभन्दा वढी कर उठाउन सक्ने उहाँले जिकिर गर्नुभयो । साथै अध्यक्ष लाठले सबैलाई सर्वमान्य हुने र सर्वस्वीकार्य हुने गरी नगरले कर निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । देशको सबैभन्दा बढी राजस्व उठ्ने क्षेत्र बारा पर्साको औधोगिक करिडोरलाई संघीय सरकारले उपेक्षा गरेकोमा मधेष प्रदेश उद्योग वाणिज्य सँघका अध्यक्ष लाठले चिन्तासमेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका निवर्तमान अध्यक्ष सञ्जय कुमार साह, नवनिर्वाचित अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य सँघका अध्यक्ष गोपाल केडिया, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका संस्थापक अध्यक्ष घनश्याम गिरी, वारा उद्योग वाणिज्य सँघका अध्यक्ष राजकुमार साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख चेतकुमार पोख्रेल लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँघका सल्लाहकारहरु गणेशजी प्रसाद साह, कपिलदेवप्रसाद यादव, देवनारायण चौधरी, युवराज पौडेल, छवी शर्मा, निवर्तमान महासचिव शिवजीप्रसाद सोनार, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मनोज गुप्तालगायत सम्पूर्ण पादाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

1656339752302
निर्वाचन समितिका संयोजक मुकुन्दबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन निर्वाचन समितिका सदस्य नवराज न्यौपानेले गर्नुभएको थियो ।

सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष मोहनशर्मा लामिछाने पदभार ग्रहण गर्नुहुँदै

1656339624418सपथ ग्रहणपछि नवनिर्वाचित महासचिव प्रकाश गिरी र कोषाध्यक्ष रामबाबु कलवार पदभार ग्रहण गर्नुहुँदै

1656339671980

1656339655962

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु