२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रधानमन्त्री देउवासहितका शीर्षस्थ नेता नीजगढ अन्तराष्ट्रिय विमानस्थलको निरीक्षणमा

२०७९ अषाढ १८, शनिबार मा प्रकाशित ( साल अघि) ४१९ पाठक संख्या

 

राजमणि बराल
नीजगढ, १८ असारः प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षस्थ नेताहरुले नीजगढ अन्तराष्टिय विमानस्थलको अवलोकन निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देवाले नीजगढ अर्न्तराष्ट्रिय विमानस्थलको निर्माणको विकल्प नरहेको बताउनुभएको छ । सर्वोच्चको पूर्णपाठ सार्वजनिक भएपछि विमानस्थल निर्माणको मार्ग खोलिएसँगै प्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गरिने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नीजगढस्थित विकास निर्माण कार्यदलमा आयोजित ब्रिफिङ कार्यक्रममा दुई वटा रनवे बनाएर भएपनि विमानस्थल बनाईने बताउनुभएको थियो उहाँले विमानस्थल निर्माण कार्यका लागि गो अ हेड भन्नुभयो । प्रधानमन्त्री देउवाले तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासंग जोडिएको आयोजना रहेको भन्दै दुवै आयोजना सरकारको प्राथमिकतामा रहन पनि बताउनुभयो । ‘

प्रधानमन्त्री देउवासंगै आउनुभएका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रका लागि नीजगढ विमानस्थल ‘गेम चेन्जर’ प्रोजेक्ट रहेको भन्दै विमानस्थल निर्माणका लागि कुनै दुविधा राख्न नहुने बताउनुभयो । द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसंग जोडिएको र समयमै विमानस्थल नबने राज्यको अर्बौ लगानी खेर जाने भन्दै प्रचण्डले विमानस्थल निर्माणमा ढिलाई गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए । नेता नेपालले विमानस्थल निर्माणका लागि बाटो खुलेको र अब यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशभरी गरिएको सर्वेर्क्षणले नीजगढ उपयुक्त देखिएकाले यसको विकल्पका विषयमा सोच्न नहुने बताउनुभयो । गठबन्धन दलकै अर्की नेतृ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले कम भन्दा कम क्षतिमा विमानस्थल बनाउनुपर्ने बताउनुभयो ् ।

प्रधानमन्त्रीको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतको सहभागिता रहेको थियो ।

टोलीले जीतपुरसिमरा उपमहानगरपालिका, नीजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका नगर प्रमुखसंग छलफलसमेत गरेको थियो । छलफलका क्रममा जनप्रतिनिधिले विमानस्थल निर्माणको कामलाई अघि बढाउनका लागि प्रधानमन्त्रीसहित नेताको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीको नेतृत्वमा आएको टोलीलाई नीजगढ विमानस्थल आयोजनाका निमित्त प्रमुख बिजय यादवले विमानस्थलका विषयमा हालसम्म भएका प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु