२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सानाकिसानका पूर्व सिइओ क्षेत्रीको संस्थाका तर्फबाट हिसाव फरफारक गरिसकेको अध्यक्ष लामिछानेको भनाइ

२०७९ अषाढ २७, सोमबार मा प्रकाशित ( साल अघि) ३७८ पाठक संख्या

आधार पेश गर्न श्रम कार्यालयको आदेश,

मैले सेवा सुविधा पाइनः पूर्व सियिओ नारायण क्षेत्री

1657559388976

सीता अधिकारी

सिमरा, २७ असारः बाराको जीतपुरसमरा उपमहानगरपालिका वडा नं १५ मा रहेको साना किसान कृषि सहकारी संस्थाका पूर्व मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले आफ्नो हिसाव फरफारक गरिसकेको साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्रका अध्यक्ष विश्वनाथ लामिछानेले बताउनुभएको छ । श्रम तथा रोजगार कार्यालय वीरगञ्ज पर्सामा भएको दुवैपक्षको छलफलको क्रममा संस्थाका अध्यक्षले सो कुरा बताउनुभएको हो । यता संस्थाका पूर्व मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले भने जागिर छोड्दा आफूले पाउनुपर्ने सेवासुविधा संस्थाले नदिएको दावी गर्दै श्रम कार्यालयमा निवेदन दिएको जिकिर गर्नुभएको छ ।

श्रम कार्यालय वीरगञ्जद्धारा आधार प्रमाण पेश गर्न संस्थालाई आग्रह

1657559261253

श्रम तथा रोजगार कार्यालय वीरगञ्ज पर्साले आधार प्रमाण पेश गर्न साना किसान कृषि सहकारी संस्था लिं डुमरवानालाई आग्रह गरेको छ । संस्थाका पूर्व मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले श्रम ऐन २०७४ विपरित र संस्थाको कर्मचारी कार्यविधि विधान विपरित उपदानसमेत पाउनुपर्ने रकम पूरा नदिएकोले विधानअनुसार रकम दिनु नपर्ने भए सोको आधारप्रमाणहरु पेश गर्न श्रम तथा रोजगार कार्यालय पर्साले आग्रह गरेको हो । । संस्थाका पूर्व मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले श्रम ऐन २०७४ विपरित र संस्थाको कर्मचारी कार्यविधि विधान विपरित उपदानसमेत पाउनुपर्ने रकम पूरा नदिएकोले विधानसमेत अनुसार दिलाई पाउन आदेश गरी पाउँ भनि मिति २०७९ जेठ १७ गते कार्यालयमा पेश गरेको निवेदनको सम्बन्धमा श्रम कार्यालयको रोहवरमा सोमबार अर्थात असार २७ गते रकम राखिएको वार्तामा निवेदक पक्ष र व्यवस्थापन पक्ष उपस्थित भै पक्षवीच छलफल गर्दा श्रम ऐन २०७४ को दफा ११४ अनुसार मेलमिलापद्वारा समस्या समाधान हुन नसकेकोले श्रम ऐन २०७४ को दफा ११५ बमोजिम श्रम कार्यालयको निर्णय दिनुपर्ने भएकोले निवदेक नारायण क्षेत्रीलाई श्रम ऐन २०७४ विपरित र संस्थाको कर्मचारी कार्यविधि विधान विपरित उपदानसमेत पाउनुपर्ने रकम पूरा नदिएकोले विधानअनुसार रकम दिनु नपर्ने भए सोको आधार प्रमाणहरु पेश गर्न श्रम तथा रोजगार कार्यालय पर्साका कार्यालय प्रमुख एवं इञ्जिनियर प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा आग्रह गरिएको छ ।

के छ त संस्थाको नियम ?

1657559244757

संस्थाका सञ्चालक प्रदिप बरालका अनुसार मिति २०७३ असार ३० गते संस्थाको सञ्चालक समितिले उपदानमा परिमार्जन गरेर कर्मचारी उपदान वापत ५ वर्षसम्म काम गरेकोमा १० दिन बराबरको तलव, १० वर्षको लागि १५ दिन बराबरको तलव, १५ वर्षका लागि एक महिना वराबरको तलव, २० वर्षको लागि १.५ बराबरको तलव, बीस वर्षदेखि २५ का लागि १.७ महिना बराबरको तलब र २५ वर्षभन्दा माथिका लागि २ महिना बराबरको रकम पाउने उल्लेख भएको थियो । उहाँका अनुसार सो संसोधन संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम वार्षिक प्रतिवेदनमा समावेश गरी मिति २०७३ कार्तिक २७ गतेको साधारण सभाबाट प्रतिवेदन पास भैसकेको छ । भने कर्मचारी सेवा सर्त र सुविधा नियमावली २०६८को नियम ७.४ मा सो संशोधन समावेश हालसम्म नभैसकेको सञ्चालक बरालले बताउनुभयो । सञ्चालक बरालले २०७३ सालदेखि यता जागिर छोडेका ४ जनाले यसै नियमलाई आधार मानेर सेवासुविधा लिएर गएको समेत बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु