२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा साउन १२ गतेबाट वर्षे विदा हुने नगर शिक्षा समितिको निर्णय,

२०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित ( साल अघि) ५६४ पाठक संख्या

अत्यधिक गर्मी र पाठ्यपुस्तक नआएकोले विदा अगाडि तान्न शिक्षक विद्यार्थीको आग्रह

सीता अधिकारी
सिमरा, ३० असारः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आगामी साउन १२ गतेदेखि वर्षे विदा हुने भएको छ । उपमहानगरपालिका नगर शिक्षा समितिको आज विहीबार बसेको बैठकको निर्णयानुसार पालिका अन्तरगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा साउन १२ गतेदेखि साउन ३१ गतेसम्म वर्षेविदा हुने भएको हो । २० दिन को वर्षे विदापछि आगामी भदौ १ गतेबाट पुनः कक्षा सञ्चालन तथा पठनपाठन सुचारु हुने उपमहानगरपालिका शिक्षा शाखा प्रमुख शिवजी साहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
तर अध्यधिक गर्मीका कारण शिक्षक विद्यार्थीले भने अगाडी नै विदा गरेर छिट्टै विद्यालयको पठन पाठन सुचारु गर्दा राम्रो हुने धारणा राखेका छन् । उनीहरुको भनाइअनुसार अहिले तराइमा धेरै गर्मी बडेको पनि छ, गर्मीका कारण विद्यार्थी बेहोस हुने समस्या निम्तन सक्ने देखिन्छ । अर्को समस्या विद्यालयमा पाठ्यपुस्तक आइसकेको पनि छैन । यस्तो अवस्थालाई मध्यनजर गर्दै पालिकाको शिक्षा समितिले वर्षे विदालाई अगाडि तान्दा राम्रो हुने बताउँछन् ।
यता सिमरा आसपास क्षेत्रका केही सामुदायिक तथा संस्थागत विद्यालयहरुले भने वर्षे विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा दिइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु