२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उत्कृष्ट कारोबारको पहिचान बनाउन सफल साना किसान सहकारी सिमराको भवन शिलान्यास

२०७९ अषाढ ३२, शनिबार मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३१ असारः उत्कृष्ट कारोबारको पहिचान बनाउँदै गएको साना किसान कृषि सहकारी संस्था सिमरा बाराले आफ्नो भवनको शिलान्यास गरेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामा रहेको सानाकिसान कृषि सहकारीले आफ्नो सातौँ स्थापना दिवसको अवसर पारेर भवन शिलान्यास गरेको हो । भवन शिलान्यास मधेष प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले गर्नुभएको हो । शिलान्यास कार्यक्रममा पण्डित सीताराम न्यौपानेले मन्त्रोच्चारण गर्नुभएको थियो ।
चार हजार ७ सय शेयर पूँजिबाट कारोवार सुरु गरेको संस्थाको अहिले ५१ लाख ६६ हजार ६ सय ५ रुपियाँको लागतमा भवन निर्माण गर्न लागेको संस्थाका अध्यक्ष कमलाकुमारी रिमालले बताउनुभयो । संस्थामा हाल एक हजार ६ सय ७२ जना शेयर सदस्य रहेका छन् ।

मायाको चिनो प्रदान
केक काटेर संस्थाको सातौँ स्थापना दिवस मनाइएको थियो भने संस्थाका तर्फबाट कार्यक्रमकाा प्रमुख अतिथि एवं मधेश प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवलाई ढाकाटोपी लगाइ मायाको चिनो प्रदान गरिएको थियो ।

1657882075996

उद्घाटन कार्यक्रम
शुक्रबार साना किसान कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवस पनि मनाएको थियो । संस्थाका अध्यक्ष कमला कुमारी रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मधेष प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले पानसमा बती वालेर गर्नुभएको हो ।

1657882051558

जसपा केन्द्रीय सदस्य भरत खड्का, संविधान सभा सदस्य जयराम दाहाल, नेकपा एमालेका नेता मनोज पौडेल, समाजसेवी नारायणी रायमाझी,संस्थाका सल्लाहकार शिला खनाल, सक्रिय बचत तथा ऋण सहकारी संस्थका अध्यक्ष सावित्री पिप्ले, सञ्चारकर्मी विदुर खड्का, संस्थाका लेखा समिति संयोजक किशोर शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा इञ्जिनियर अलि अख्तर हुसेनले भवन निर्माणका बारेमा प्राविधिक जानकारी दिनुभएको थियो भने संस्थाका सहजकर्ता कुलोत्तम पोख्रेलले संस्थाको गतिविधि जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जसपा नेता सोहन शर्मालगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष लक्ष्मी वस्नेतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु