२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जिल्लामा प्रथम, प्रदेशमा द्वितीय र उपमहानगरमा तृतीय जीतपुरसिमराको बेरुजु

२०७९ श्रावण १७, मंगलबार मा प्रकाशित ( साल अघि) ५७९ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ साउनः जीतपुरसिमरा उपमहानगरपािलकाको बेरुजुले बारा जिल्लामा प्रथम, मधेश प्रदेशमा द्वितीय र देशभरकै ११ वटा उपमहानगरपालिकामध्ये तृतीय स्थान ओगटेको छ । महालेखापरीक्षकको कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार बारा जिल्लाका १६ वटा स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा बेरुजु रकम बढी देखिएको हो । जहाँ जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको छ । त्यस्तै मधेश प्रदेशमै दोस्रो नम्बरमा जीतपुरसिमरा उपमहानगरपालिका बेरुजुको सूचीमा परेको छ । पहिलो नम्बरमा भने जनकपुरधाम उपमहानगरपालिका परेको छ । जनकपुरधाममा ७.८२प्रतिशत बेरुजू देखिएको छ । जीतपुर सिमरामा ६.२७ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । देशभरकै ११ वटा उपमहानगरपालिकामध्ये जीतपुरसिमराको बेरुजु तेस्रो स्थानमा रहेको छ । ११ उपमहानगरमध्ये इटहरी उपमहानगरपालिकामा ६.७६ प्रतिशत बेरुजु देखिएको छ । 1659423174833

जीतपुरसिमरामा आर्थिक बर्ष २०७७।०७८ को लागि उपमहानगरपालिका भित्रका पसाहा ,बालगंगा र दुधौरा खोलाको बोलपत्र न्युनत्तम ७ करोड ६७ लाख ९४ हजारमा आहवान गरेकोमा सबैभन्दा बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले रु १४ करोड ६७ लाख ७ हजार ९ सय ९१ रुपैयामा कबोल गरेकोमा बोलपत्र नसकारेका कारण दोस्रो बढी कबोल गर्ने बिनोद साह निर्माण सेवासँग १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रुपैयामा सम्झौता गरेको थियो । हालसम्म पनि बिनोद साह निर्माण सेवासँग ३ करोड १२ लाख रुपैया उपमहानगरपालिकाले असुल गर्न सकेको छैन् । प्रथम बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले बोल कबोल नसकारेका कारण उसको बोलपत्र जमानत ७ लाख ४० हजार जफत गरी आम्दानी जनाएपनि सार्बजनिक खरिद ऐन तथा नियमावलीमा उल्लेखित कुनै कारबाही गरेको छैन् ।
उपमहानगरपालिकाले उक्त ठेकेदार कम्पनीलाई कालो सूचीमा सूचीकृत गर्न सम्बन्धित निकायमा पठाउँनुपर्नेमा कार्यालयले कालो सूचीमा राख्न कार्बाही नचालेको महालेखा परीक्षणको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

२०७७ चैत्र मसान्तभित्र दाखिला गर्नुपर्ने रकमको लागि एनसीसी बैँकबाट जारी भएको रु ४ लाख २७ हजार बैक जमानत २०७८ साल जेठ ४ गतेसम्म भएकोमा जमानत म्याद गुज्रेपछि दाबी गरेका कारण देखाउँदै बैकले जमानत रकम फिर्ता गर्न अस्वीकार गरेको छ । महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार जीतपुरसिमरा उप महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र २४ करोड ६ लाख ६ हजार बेरुजू रकम ठहर भएको छ । प्राप्त प्रतिक्रियाबाट ६८ हजार फस्यौँट गरेको छ भने १३ करोड ३९ लाख ९४ हजार असुल उपर गर्नुपर्ने देखाएको छ । त्यस्तै रु ७ करोड ५ लाख कारोबारको प्रमाण कागजात पेश गर्नुपर्ने देखिन्छ । नियमित गर्नुपर्ने रु १ करोड २५ लाख २९ हजार देखिन्छ भने पेस्की बेरुजु रु २ करोड ३५ लाख १५ हजार देखिन्छ ।
त्यस्तै कलैया उपमहानगरपालिकाको बेरुजु १२ करोड ५६ लाख ५६ हजार, पचरौता नगरपालिकाको बेरुजु ५ करोड ८ लाख ८४ हजार ,निजगढ नगरपालिकाको बेरुजु २३ करोड ६४ लाख ४३ हजार ,सिम्रौनगढ नगरपालिकाको १२ करोड १५ लाख ९२ हजार ,महागढीमाई नगरपालिकाको बेरुजु १० करोड ३८ लाख ५ हजार र कोल्हबी नगरपालिकाको बेरुजु ११ करोड ८६ लाख ५४ हजार रहेको छ । त्यस्तै सुवर्ण गाउँपालिकाको बेरुजु रकम २ करोड ८७ लाख ३३ हजार ,प्रसौनी गाउँपालिकाको बेरुजु रकम ५ करोड ११ लाख ३५ हजार ,फेटा गाउँपालिकाको ७ करोड ३८ लाख ७१ हजार ,परवानीपुर गाउँपालिकाको बेरुजु रकम १ करोड ७१ लाख ९६ हजार ,करैयामाई गाउँपालिकाको बेरुजु रकम ५ करोड ७४ लाख ४ हजार ,देवताल गाउँपालिकाको बेरुजु रकम ३ करोड ५५ लाख ४५ हजार ,बिश्रामपुर गाउँपालिकाको बेरुजु रकम ३ करोड १५ लाख १९ हजार ,बारागढी गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख ६ हजार र आदर्श कोतवाल गाउँपालिकाको बेरुजु रकम २ करोड ५३ लाख ९२ हजार रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु