२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

देशभरीकै उत्कृष्ट दोस्रो नम्बरको सूचीमा विद्युत प्राधिकरण सिमरा

२०७९ भाद्र १, बुधबार मा प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

सीता अधिकारी
सिमरा, १ भदौः बढी विद्युत महसुल उठाएर देशभरीकै उत्कृष्ट दोस्रो नंम्बरको सूचीमा विद्युत प्राधिकरण सिमरा वितरण केन्द्र परेको छ । देशभरिका १सय २९ फेज (विद्युत वितरण केन्द्र) मध्ये सिमराले आर्थिक वर्ष २०७८/०७९मा वढी विद्युत विल बिक्री गरी उत्कृष्ट दोस्रोमा पर्न सफल भएको हो । देशभरीमा एक सय अर्वको विजुलीको विल बिक्रि हुँदा सिमरा वितरण केन्द्रले चार अर्व ५१ करोड रुपैँया बिक्रि गर्न सफल भएको विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो ।

FB_IMG_1660749201301

उहाँका अनुसार गत आथिृक वर्षमा चुहावट घटाउन समेत सफल भइएको छ । प्रमुख श्रेष्ठले आफू आउँदा १.०७ प्रतिशत विद्युत चुहावट रहेको र अहिले चुहावटको मात्रा ०.५५ प्रतिशतमा झरेको जानकारी दिनुभयो । साथै उहाँले विद्युत महसुल नतिर्ने १ हजार ३ सय ३१ जना ग्राहकको लाइन काटेर साँढे ४ करोड रुपियाँ असुल गर्न सफल भएको बताउनुभयो । त्यस्तै यसै वर्ष ७० एम.भि.एको लोड थप्न सफल भएको उहाँले बताउनुभयो ।

सम्मान स्वरुप कदरपत्र प्रदान
नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिक उत्सवमा देशभरका १५ उत्कृष्ट कार्यालयहरु मध्ये सिमरा वितरण केन्द्रले कदर पत्र प्राप्त गरेको छ । चुहावट नियन्त्रण, महसुल संकलन, औषत संकलनअवधि जस्ता सूचकहरुमा तोकिएको लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको , ७० एम.भि.एभन्दा बढी लोड थप गरी मागअनुसार विद्युत सेवा उपलब्ध गराइ प्राधिकरणको वितीय अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च योगदानको मूल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु