२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्वर्गीय गिरीप्रति नेपाली काँग्रेस जीतपुरसिमरा वडा नं ४द्वारा श्रद्धान्जलि व्यक्त

२०७९ भाद्र १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ३७१ पाठक संख्या

सिमरा, १० भदौः बैद्धिक नेता प्रदीप गिरीको निधनमा दुःख व्यक्त गर्दै नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ ले आज श्रद्धान्जलि सभा सम्पन्न गरेको छ । वडा नं ४ का वडा सभापति रमेश पण्डितको अध्यक्षतामा भएको श्रद्धान्जलि सभा कार्याक्रममा काँग्रेस नेता कृष्णव्रत सिंहले देशले सादा जीवन उच्च विचारका धनी नेता गुमाउनु परेको दुख व्यक्त गर्नुभयो । नेता सिंहले मन्त्री र साँसद बन्दैमा असल नेता नबन्ने धारणा राख्दै राजनीतिमा त्याग र बलिदान गरेका गिरिले राजनीतिलाई व्यापार र पैसा कमाउने पेसाको रुपमा नलिई बिभिन्न कालखण्डमा मन्त्रीको पदसमेत दिँदा नलिएको उदारण दिनुभएको थियो ।

Received_1535853183538493
कार्यक्रममा नेपाली काँग्रेस बाराका क्षेत्रीय सभापति सुमनकुमाार भट्टराई, मधेश प्रदेश साँसद शोभाा लामा, जीतपुरसिमरा नगर सभापति छवी शर्मालगायतले समाजवादका व्याख्याता साथै कम्युनिष्ट नेताका समेत आदर्श बनेका स्वर्गीय गिरीको अनुशरणमा लागेमा काँग्रेसको हित हुने अन्यथा भएमा पार्टी स्खलनको बाटोमा जाने धारणा राख्नुभएको थियो । काँग्रेस नेता गंगा वाग्लेको सहजीकरणमा भएको श्रद्धान्जली कार्यक्रममा विनोद सापकोटा, कमल पौडेल, दिपेश सिंखडा, तारापति पौडेल भिमादेवी शर्मा, रुद्र पौडेल, मुना खरेललगायतको उपस्थिति रहेको थियो ।

1661503824740

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु