२०८२ श्रावण १५, बुधबार
नयाँ
पछिला अपडेट

डा. लम्सालको अग्निले पायो मदन पुरस्कार

२०७९ भाद्र ११, शनिबार मा प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११ भदौः यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको अग्नि महाकाव्यलाई प्रदान गरिने भएको छ । शनिबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले अग्नि महाकाव्यका लागि डां नवराज लम्साललाई २०७८ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, २०७८ सालको जगदम्बा–श्री सम्मानबाट साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गरिने भएको छ। २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको हो। योसँगै श्रेष्ठ पुस्तकको सूचीमा दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु