२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेसले क्षेत्र नं ३ ख मा प्रतिनिधि सभाका लागि  फरमुल्लाह मन्सुरको एकल नाम पठायो, क्षेत्र नं ४ मा ६ जनाको नाम सिफारिस

२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

सीता अधिकारी
सिमरा, भदौ १८ः नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नं ३ ख बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारको लागि प्रत्यक्षतर्फ फरमुल्लाह मन्सुरको एकल नाम सिफारिस गरिएको छ । नेपाल सरकारका पूर्वमन्त्री समेत रहनुभएका काँग्रेस केन्द्रीय सहमहामन्त्री मन्सुरको एकल नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको हो । त्यसैगरी प्रतिनिधि सभाा सदस्यमा समानुपातिक तर्फ रञ्जन भट्टराई र कलावती पासवानको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ अवधेशप्रसाद यादव, राजेन्द्रकुमार जैसवाल, तेजनारायण प्रसाद कलवार, अम्बिकाप्रसाद यादव, फूलमहमम्द मियाँ, जयचन्द्र प्रसाद चौरसिया, राजेशकुमार सिंह भूमिहार, म. अतिउररहमत, अनिल मण्डल, अख्तर हुसेन मन्सुर र जंगबहादुर चौरसियाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभा समाानुपातिकतर्फ सञ्जय कुमाार चौरसिया, प्रल्हादप्रसाद पुडासैनी, मोतिना खातुन, नुरहसन मनसुर, मन्जुदेवी चोधरी, जादोलाल साह, कलवार, प्रमोदप्रसाद यादव, सल्मा खातुन, नेजामुदिन अन्सारीको नाम सिफारिस भएको छ ।
यसैगरी नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय बैठकमा प्रतिनिधि सभा सदस्य पदको लागि प्रत्यक्षतर्फ सुनिलकुमार गुप्ता , शोभाकर पराजुली, लालबाबु सिंह , इच्छाबहादुर वाग्ले , राजेश्वर चौरसिया , कृष्णव्रत सिंहको नाम सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिकतर्फ हरि थपलिया , मधुशाही ठकुरी , इन्द्राशन महतो धानुकको नाम सिफारिस गरिएको छ ।

उता नेपाली काँग्रेसले बाराको क्षेत्र नम्बर ४ ख को प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ लोकेश सिंह, जयनारायण प्रसाद यादव ,विजय गुप्ता ,लालबाबु प्रसाद यादव र दिनेश साह तेलीको नाम पनि सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ दिपेन्द्र केशरी ,रामबहादुर प्रसाद यादव , ईग्रासन प्रसाद मण्डल, सुरेन्द्र प्रसाद गुप्ता, उमेश साह, जासोदेबी यादव र सम्साद अन्सारीको नाम सिफारिस गरिेएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु