२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

दैनिक १ रुपियाँ बचत गरी मासिक ३० रुपियाँ संकलन गर्ने सिमरा महिला साकोस मधेश प्रदेशमै उत्कृष्ट संस्थाको रुपमा परिचित हुँदै

२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ( साल अघि) ६६४ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ भदौः दैनिक १ रुपियाँ बचत गरी मासिक ३० रुपियाँ संकलन गर्ने बाराको सिमरा महिला सहकारी संस्था मधेश प्रदेशमै उत्कृष्ट कार्य गर्ने संस्थाको रुपमा परिचित हुँदै गएको छ । घरघरमा उद्यमशीलता, महिला हिंसा न्यूनीकरणमा सुनिश्चितता भन्ने मूल उद्देश्यले स्थापित सिमरा महिला साकोस समुदायमा आधारित रही सामाजिक विश्वासका आधारमा कार्य गर्दै आएकोले उत्कृष्ट सहकारीको रुपमा परिचित हुँदे गएको हो । संस्थाका अध्यक्ष अनिता लम्सालका अनुसार संस्थाको नीति नियम र कार्यविधि, सञ्चालकहरुको प्रतिबद्धता, व्यवस्थापक एवं कर्मचारीहरुको कुशलता, उपसमितिको ऐक्यबद्धता, शेयर सदस्यहरुको सक्रिय सहभागिताका कारण संस्थाले आफूलाई अब्बल रुपमा स्थापित गर्न सकेको छ । अध्यक्ष लम्सालले हिंसा पीडित महिला तथा बालबालिकाको लागि पुनर्स्थापन केन्द्र स्थापना गरेको, सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरेको, सदस्य एवं सदस्य परिवारको मृत्यु हुँदा भेटघाट तथा राहत प्रदान गर्ने गरेको, क्यान्सर पीडितलाई सहयोग गरेको, किशोरी आत्म रक्षा तालिम, तीर्थयात्रा भ्रमण, युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग समन्वय, विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्ने गरेको जानकारी दिनुभयो ।
१५ औँ साधारण सभा
सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको शनिवार १५ औँ साधारण सभा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगपालिकाका प्रमुख राजन पौडेलले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।

1662206148518

कार्यक्रममा उपप्रमुख भोला अधिकारी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेना, जिल्ला सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, सञ्चारकर्मी विदुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य रामपरी थरुनी,अर्जुन विक, घण्टीमाइ सकोसकी अध्यक्ष कोपिला सिंखडा, कोसेली साकोसकी मञ्जुदेव िथरुनी, औराह पशुपालन सहकारीका मनिता भण्डारी, थानीमाई सामुदायिक वन उपभोक्ता समूहका श्याम कृष्ण सुवेदी, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष सत्य श्रेष्ठ, प्रभातफेरि दुग्ध उत्पादक सहकारीका नलिन्द्र बहादुर थापा, जनकल्याण साकोसका कृष्ण रिमाल, जनप्रतिनिधिहरु उद्धव गौतम, अनितादेवी खत्री, मिरा ढकाल,पवित्रा परियार, साना किसान सहकारी सिमराका मञ्जु बानिया, साना किसान सहकारी संस्था डुमरवाना केन्द्रका चम्पा पाख्रिनलगायतको सहभागिता रहेको थियो ।संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा उपाध्यक्ष मुना खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सदस्य सनम पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव भिमादेवी पौडेलले गर्नुभएको थियो ।

संस्थाको वित्तीय अवस्था
संस्थाको कुल चुक्ता पूँजी १ करोड ३१ लख ६५ हजार ४ सय, निक्षेप ८ करोड ८ लाख ८० हजार ३सय ९४ , कर्जा प्रवाह ९ करोड ५१ लाख, २८ हजार, ४ सय ३९, जगेडा कोषमा १ करोड, १ लाख १ हजार १सय ५१ रुपियाँ र खुद मुनाफा ६३ लाख ६२ हजार २सय ४७ रुपियाँ रहेको संस्थाका अध्यक्ष अनिता लम्सालले बताउनुभयो ।

सम्मान तथा मायाको चिनो प्रदान
सहकारीले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसर पारेर स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, वडा नं १, २, ३, ४, ९ र १४ का वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी बारा जिल्ला वचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख युवराज तिमल्सेनालाई मायाको चिनो प्रदान गरिएको थियो ।

उत्कृष्टलाई पुरस्कार
संस्थामा आवद्ध उत्कृष्ट व्यवसायी पुरस्कारबाट चौतारी समूहकी किरण राय र सिर्जनशील समूहकी धनमती थरुनीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्जा तर्फ ओम शानित समूहकी ज्योति श्रेष्ठ र दक्षिणकाली समूहकी भीमकुमारी उपाध्यायलाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट वचततर्फ सुनौलो समूहकी बबितादेवी राय र हिमगंगा समूहकी मन्दिरा देवी ढुंगेललाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीका रुपमा निर्मला सुवेदीलाई सम्मान गरिएको थियो । यसरी नै उत्कृष्ट समूह सम्मानबाट छिमेकी वचत समूह र महिला कल्याण बचत समूह सम्मानित भएका थिए ।

सिमरा महिला पत्रकारिता पुरस्कार
साकोसले यस वर्षको सिमरा महिला पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सीता अधिकारीलाई सम्मान गरेको छ । सयपत्री अनलाइन र रेडियो सिमरामा आवद्ध सञ्चारकर्मी अधिकारीलाई सहकारीका क्षेत्रमा कलम चलाइ समुदायलाई सुसूचित गर्न योगदान दिएको भन्दै सहकारीले ५ हजार १ सय नगद पुरस्कारसहित सम्मान पत्रले सम्मानित गरेको हो ।

प्रतिवेदन पारित
साधारण सभाको बन्द सत्रले साकोसकी कोषाध्यक्ष गीता शर्माले प्रस्तुत गर्नुभएको कोषध्यक्षको प्रतिवेदन सभाका सदस्यहरुले पारित गरेका थिए । साथै अध्यक्ष अनिता लम्सालद्धारा प्रस्तुत अध्यक्षको प्रतिवेदन सभाले अनुमोदन गर्दै पारित गरेको थियो । लेखा संयोजक सरस्वती गौतमद्धारा प्रस्तुत लेखा प्रतिवेदन पनि सभाले पारित गरेको थियो । संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा भएको बन्द सत्रको कार्यक्रममा शेयर सदस्यका तर्फबाट पुनम चौधरीले मन्तव्य राख्नुभएको थियो ।

बालसदस्यको आकर्षक प्रस्तुति
कार्यक्रममा संस्थाका बाल सदस्यहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । करिव १ हजार ७ सय शेयर सदस्य रहेको संस्थामा २ सय ५० बाल सदस्यहरु रहेका छन् ।

1662206264106

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु