२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र नं १ क का लागि पहिलो नम्बरमा निवर्तमान नगर प्रमुख खनालको नाम सिफारिस, प्रतिनिधि सभामा चौधरीलाई नै दोहोर्याउन माग

२०७९ भाद्र १९, आईतबार मा प्रकाशित ( साल अघि) ३०३ पाठक संख्या

सीता अधिकारी
सिमरा,१९ भदौःनेपाली काँग्रेस क्षेत्र नं १ क ले प्रदेशसभाका लागि उम्मेदवार छनोट प्रक्रिया टुग्यांएको छ । शुक्रबार बाराको क्षेत्र नं १क का क्षेत्रीय सभापति टेकबहादुर लामाको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाका उम्मेद्वारको नाम टुंग्याएको हो । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेश सभामा प्रत्यक्षतर्फ निवर्तमान नगर प्रमुख सुरेश कुमार खनालको नाम १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी टेकबहादुर लामा, पेमासिद्धि लामा, रमेश दंगाल, नवराज तिमल्सिना, ललितबहादुर राउत, जयमंगल चौधरी, सुब्बा सिंह, दिलमोहन चौधरी, श्रवण मैनालीलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएको छ । त्यसैगरी समानुपातिकतर्फ मिना कुमारी लामा, मनमाया तामांग, सुमित्रादेवी थरुनी, रविन्द्र दनुवार, मुरलीधर चौधरी, अमिर मोक्तान, सुभद्रा धिमाल, बलराम अधिकारी, चन्दा लामा, भगवती देवी ठाकुरको नाम सिफारिस गरिएको छ ।
यता बैठकले प्रतिनिधि सभाका लागि क्षेत्र नं १ क बाट नेपाली काँग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीलाई नै दोहोर्याउन र चौधरीलाई टिकट दिलाउन नेपाली काँग्रेसका पाटी नेतृत्वसँग आग्रह पनि गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु