२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

राष्ट्रिय रिजल्टलाई पछि पार्दै बाराको नमुना मावि सिमरा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल

२०७९ भाद्र १९, आईतबार मा प्रकाशित ( साल अघि) ७६० पाठक संख्या

 

सिमरा, १९ भदौः राष्ट्रिय रिजल्टलाई समेत पछि पार्दै बाराको नमुना मावि सिमराले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । राष्ट्रिय नतिजा ४८ प्रतिशत रहेकोमा नमुना मावि सिमराले ५१ प्रतिशत ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
यस वर्ष सिमरा माविबाट कक्षा १२ मा जम्मा ३ सय ५१जना बिद्यार्थीले परीक्षा दिएकोमा १ सय ८० जना बिद्यार्थी अर्थात् ५१ प्रतिशत उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार १सय ११ जना बिद्यार्थीले मौका दिन पाउने भएका छन । गुणस्तरीय शिक्षा र मर्यादित परीक्षामा केन्द्रित यो बिद्यालय मध्यतराईकै उत्कृष्ट बिद्यालयको रुपमा स्थापित हुदै आएको विद्यालयका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले बताउनुभयो । विद्यालयमा विज्ञान, व्यवस्थापन संकाय, शिक्षाशास्त्र र मानविकी चारवटै संकायमा पठनपाठन हुँदै आएको छ । अँग्रेजी र नेपाली माध्यममा कक्षा १ देखि १२ सम्म पठनपाठन गराउँदै आएको यो बिद्यालय उच्च माध्यमिक शिक्षा परिषदबाट पुरस्कृत भईसकेको र हरेक बर्ष उत्कृष्ट नतिजा दिदै आएको शिक्षकहरुको दावी छ । यो विद्यालय वीरगंज, कलैया, हेटौंडा र काठमाडौँका शैक्षिक संस्थाका विकल्पको रुपमा स्थापित भएको छ । सिमरालाई शैक्षिक हवको रुपमा स्थापित गर्न सिमरा माविको विशेष योगदान रहेको सहायक प्रअ सिटौलाले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यका अनुसार नतिजा मधेश प्रदेश मै उत्कृष्ट छ । उहाँले भन्नुभयो, हाम्रो बिद्यालय सामुदायिक भएकोले सबै खाले विद्यार्थी भर्ना गर्नुपर्ने दवाव र बाध्यता भएपनि यो नतिजा उत्कृष्ट नतिजा हो । अन्य निजी तथा संस्थागत विद्यालयहरुले छनौट गरेर भर्ना नलिएका बिद्यार्थीसमेतलाई अभिभावकको दवावमा भर्ना गर्नुपर्ने बाध्यता छ । त्यसैले यो नतिजा निजी तथा संस्थागत विद्यालयसँग तुलना हुँदैन । प्रअ आचार्यले आफ्नो टिमको मेहनत र कडा परिश्रमले यस्तो नतिजा आउन सफल भएको दावी गर्नुभयो । यस वर्षको परीक्षामा ३.६– ४.० जीपीए ल्याउने १ जना, ३.२ – ३.६ जीपीए ल्याउने २१ जना, २.८–३.२ जीपीए ल्याउने ६९ जना , २.४– २.८ जीपीए ल्याउने ७९ जना, २.०– २.४ जीपीए ल्याउने १० जना गरी १ सय ८० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैवीच विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेतले विद्यालयले कक्षा १२ को परीक्षमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्पूर्ण शिक्षकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%१%३%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु