२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको उचिडीमा सञ्चालित विद्यार्थी गुणीय चक्र (एस क्यू सी) कार्यक्रम सम्पन्न

२०७९ भाद्र २६, आईतबार मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ भदौः बारा जिल्लाको जीतपुरसमरा उपमहानगरपालिका अन्तरगत पर्ने उचिडीमा विद्यार्थी गुणीय चक्र (एस कयू सी ) कार्यक्रम सम्पन्न भएको छ । जीतपुर सिमरामा रहेका १३ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको विद्यार्थी गुणीय चक्रसम्बन्धी २ दिने कार्यशाला शनिबार सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ उचिडीमा रहेको मिशन एकेडेमी बोर्डिङ्ग स्कुलमा भएको कार्यशालमा १३ विद्यालयका कक्षा ८ देखि १० कक्षामा अध्ययनरत १४१ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रम
मिसन एकेडमीका प्रबन्ध निर्देशक सन्दीप लामाको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, क्वेष्ट नेपालका महासचिव सिंग लामा, चतुरभुज वाग्ले, वडा अध्यक्ष, जीतपुरसिमरा उ.म.न.पा. १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, , एन प्याब्सनका केन्द्रीय सदस्य राम प्रसाद अधिकारी, शैक्षिक अभियन्ता तथा पूर्व कलेज प्रमुख, सिमरा कलेज सुमन कुमार भट्टराई, सिमरा कलेज प्रमुख सालिकराम अधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, स्थानीय व्यक्तिवहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

1662761484606

कार्यक्रममा मिशन एकेडेमीका प्रिन्सिपल किरण लोप्चन र युनाइटेड हबका हब र्कोडिनेटर दिवस न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सिमरा हबका हब कोअर्डिनेटर किशोर श्रेष्ठले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन छात्राहरु सोफिया र सभ्यताले गर्नुभएको थियो ।

के हो विद्यार्थी गुणीय चक्र
क्वेष्ट नेपालका माष्टर ट्रेनर भोजराज सुवेदीका अनुसार विद्यार्थी गुणीय चक्र शैक्षिक क्षेत्रमा एक नवीनतम दृष्टिकोण हो । यसले विद्यार्थीहरुले ४ देखि १० जनासम्मको समूह बनाई आफ्नो विद्यालय तथा आफ्नो वरिपरि भएका समस्याहरुमध्ये प्रमुख समस्याको पहिचान गरी त्यस समस्याको अवलोकन, विश्लेषण गरी उपयुक्त विधि तथा प्रक्रिया अपनाई उक्त समस्याको समाधान गर्दछन् । अन्ततः विद्यार्थीलाई अग्रगामी र असल गुण भएको सर्वगुणसम्पन्न व्यक्ति निर्माणमा सहयोग पु–याउँछ ।

1662880422633

गुणीय चक्रले के गर्छ ?
मास्टर ट्रेनर सुवेदीका अनुसार गुणीय चक्रले विद्यार्थीहरुमा आत्म विश्वास, आत्म अनुशासित, अर्न्तव्यक्तैिक सम्बन्धमा विस्तार, समानुभूति भावना जागृत, सामाजिक उत्तरदायित्व बहन, समय व्यवस्थापन कला, बैज्ञानिक तथा विश्लेष्णात्मक सीपमा विकास, संचार सीप विकास, सिर्जनात्मक तथा पार्श्व सोचको बानी, सहकार्यात्मक तथा सहयोगात्मक भावना जागृत, समूहमा काम गर्ने बानी, फराकिलो दृष्टिकोण राख्न मद्धत गर्दछ

1662880487019

सहभागी विद्यालय
कार्यक्रममा अक्षरा पाठशाला, ब्राइटर एकेडेमी, एक्स– सर्भिसमेन चिल्ड्रेन, डुमरवाना, लोटर एकेडेमी, सिमरा, मिशन एकेडेमी, उचिडी, बारा, होली गार्डेन इङलिस स्कूल, पथलैया, नवोदय शिशु सदन, हेटौंडा , न्यू एकता इङलिस बोडिङ स्कूल, सिमरा, पाथीभारा इङलिस बोडिङ स्कूल, सिमरा, प्रोगेश एजुकेशन एकेडेमी, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरवाना, श्ाुभतारा इङलिस बोडिङ स्कूल, औराहा , सिमरा पब्लिक इङलिस स्कूल, सिमराको सहभागिता रहेको थियो । कार्यक्रमको समन्वय सिमरा पब्लिक इङलिस स्कूलका प्रिन्सिपल बसन्त ढकाल, क्वेष्ट नेपालका मास्टर ट्रेनर सुवास अधिकारी, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र लिम्बुले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु