२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९’ आजदेखि शुरु

२०७९ भाद्र २९, बुधबार मा प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

सिमरा, २९ भदौः बाराको सिमरामा आयोजित दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ शुरु भएको छ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा रंगशालामा आजदेखि प्रतियोगिता शुरु भएको हो । सिमरा भेट्रान क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगिताको पूर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

20220914_161516 (1)

उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले खेल क्षेत्रको विकासको निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खेल र खेलाडीको क्षमता विकास गर्न आवश्यक रहेको भन्दै उहाँले सिमरा भेट्रान कपले सिमरा क्षेत्रको विकासमा ठुलो भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मधेश प्रदेशकी प्रदेशसभा सदस्य शोभा लामाले स्वस्थ जीवनशैली निर्माण गर्न खेलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । स्वर्गीय मञ्जुदेवी गुप्ताका छोरासमेत रहनुभएका नेपाली काँग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ताले आफ्नो आमाको नामबाट प्रतियोगिता सञ्चालन गराउन पाउँदा आफू निकै खुशी भएको बताउनुभयो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाई, नेपाली काग्रेसका नगर सभापति छविलाल शर्मा, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच सिमरा भेट्रान क्लबले पुर्व भेट्रान खेलाडीहरुलाई सम्मान गरेको थियो ।
क्लबले पूर्व भेट्रान खेलाडी राजु राणा, राजकुमार लामा, काशिम मिया, ईन्द्र दुलाल, नेत्रलाल श्रेष्ठ, गणेश चौहान, डम्बरमणि लिम्बु, बिदुर घिमिरे, गोर्बदन लामा, टिका तिवारी, शम्भुसिंह ठकुरी, राजकुमार भटराईशंकर थापा, राम पाठक, शेषराज अधिकारी, सुधिर राणा, मेघे अधिकारी, नानी बस्नेत, तेज बहादुर थापा, भक्त बहादुर घलान, सिताराम पाठक, चन्द्र बहादुर श्रेष्ठ, बिष्णुहरि धिताल, रेशम तिवारी, रामचन्द्र लामा र देव थापालाई सम्मान गरिएको थियो ।

सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिता संयोजक हरी चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । आजदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु