२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराका पत्रकार भण्डारी सौराहमा सम्मानित

२०७९ भाद्र ३०, बिहिबार मा प्रकाशित ( साल अघि) २८३ पाठक संख्या

Received_477255760942573
सिमरा, ३० भदौः नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित हुनु भएको छ ।
महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घघाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गर्नु भएको थियो । फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी भुमिकामा रहि महासंघलाई स्थापित गराउन अहम भुमिका निर्वाह गरेको भन्दै भण्डारीलाई सम्मान गरिएको हो ।
नेपाल फोटो पत्रकार महासंघका मधेस प्रदेश महासचिवसमेत रहेका भण्डारी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको बारा संवाददाता,सिमराबाट संचालित इशिलालेख डट कमका संचालक र प्रेस चौतारी नेपाल बाराका अध्यक्ष समेत हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु