२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कपमा एकैदिन ६ वटा खेल सम्पन्न

२०७९ भाद्र ३०, बिहिबार मा प्रकाशित ( साल अघि) ३१३ पाठक संख्या

IMG_20220915_225225सिमरा, ३० भदौः बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज एकैदिन ६ वटा खेल सम्पन्न भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन आज ६ वटा खेल सम्पन्न भएको हो ।स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता र्न्तगत आज भएको पहिलो खेलमा सिमरा भेट्रान ‘ए’ लाई १–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युथ भेट्रान विजयी भएको थियो । खेलको दोश्रो हाफमा सिमरा भेट्रान ‘ए’ का लागि जर्सि नम्बर ८ का पुर्ण लामाले आत्मघाति गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिमरा भेट्रान ‘ए’ ले आत्मघाति गोल गरेपछि विरगञ्जले सहजै जित निकालेको हो ।

प्रतियोगिता अर्न्तगत विरगञ्ज युथ भेट्रानका रितु साक्य म्यान अफ द म्याच घोषित भए । उनलाई नव जनजागृती युवा क्लब सिमराका संस्थापक अध्यक्ष राजकुमार भट्राईले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए । यसैगरी आजै भएको दोश्रो खेलमा भुटनदेबि भेट्रान हेटौडा विजयी भएको छ । भेट्रान सिटि बिरगञ्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौडा विजयी भएको हो । भुटनदेवीका लागी जर्सि नम्बर ४९, जर्सि नम्बर ९ र जर्सि नम्बर ४२ का खेलाडीले समान एक एक गोल गरेका थिए ।
उता, बिरगञ्जका लागि भने जर्सि नम्बर ९ का खेलाडीले एक गोल गरेका थिए । यसैगरी आजै भएको तेस्रो खेलमा बिरगञ्ज सिटि भेट्रान विजयी भएको छ । काल भैरव भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको हो । विरगञ्जका लागी जर्सि नम्बर १० र जर्सि नम्बर ११ का खेलाडीले समान एक एक गोल गरेका थिए । उता, काल भैरव हेटौडाका लागी भने जर्सि नम्बर ७ का खेलाडीले एक गोल गरेका थिए ।
प्रतियोगिता अर्न्तगत आज दिउसो पनि ३ वटा खेल सञ्चालन भएको आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयले जानकारी दिनुभयो । पहिलो खेल दिउसो २ बजे काठमाण्डौ भेट्रान र कलकत्ता भेट्रान भारतबिच भएको । दोस्रो खेल मोरङ भेट्रान र अभिषेक चर्च परासीबिच भएको थियो ।

यसैगरी तेस्रो खेल डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा र दार्जिलिङ भेट्रान भारतबिच भएको प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो । प्रतियोगिता अर्न्तगत आजै भएको चौथो खेलमा चितवन भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै कोलकत्ता भेट्रान विजयी भएको छ । कोलकत्ता भेट्रानका लागी जर्सि नम्बर २ र जर्सि नम्बर ११ का खेलाडीले समान एक एक गोल गरेका थिए ।

उता चितवन भेट्रानका लागी भने जर्सि नम्बर ५ का खेलाडीले एक गोल गरेका थिए । आजै भएको पाचौ खेलमा अभिषेक चर्च नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ भेट्रान विजयी भएको छ । मोरङ भेट्रानका लागी जर्सि नम्बर १० का राम भुजेलले निर्णायक गोल गरेका थिए । आजै भएको अन्तिम खेलमा डेभिल्स भेलिसेन्ट भेट्रान पोखरलाई १–० गोल अन्तरले पराजित गर्दै दार्जलिङ भेट्रान भारत विजयी भएको छ । दार्जलिङका लागी जर्सि नम्बर ८५ का खेलाडीले निर्णायक गोल गरेका थिए ।

प्रतियोगिता अर्न्तगत भोलि क्वाटरफाईनल खेल हुने आयोजक क्लबका अध्यक्ष राज कपुर राउतले जानकारी दिनुभयो । राउतका अनुसार भोलि ४ वटा खेल हुनेछ । पहिलो खेल बिहान ७ बजे सिमरा भेट्रान बि र भुटनदेवी भेट्रानबिच हुने अध्यक्ष राउतले जानकारी दिनुभयो । दोश्रो खेल बिहान ८ बजे विरगञ्ज भेट्रान सिटि पर्सा र मोरङ भेट्रानबिच हुनेछ । यसैगरी तेस्रो खेल दिउसो ३ बजे चितवन भेट्रान र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच हुने प्रतियोगिता संयोजक हरी चौधरीले बताउनुभयो ।

प्रतियोतिा अर्न्तगत भोलिको अन्तिम खेल दिउसो ४ बजे कलकत्ता भेट्रान भारत र दार्जलिङ भेट्रान भारतबिच हुनेछ । भदौ २९ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु