२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अपांगता भएकाहरुको अधिकार र राजनीतिक सहभागिता सुनिश्चिताको माग राख्दै नेत्रहीन युवा सँघले गर्‍यो सरोकारवालासँग अन्तरसंवाद

२०७९ भाद्र ३१, शुक्रबार मा प्रकाशित ( साल अघि) २६६ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३१भदौः निर्वाचनमा अपांगता भएका व्यक्तिहरुको अधिकार र राजनीतिक सहभागिता सुनिश्चित हुनु पर्ने माग राख्दै नेत्रहीन युवा सँघले अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा आज आयोजित अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सहभागिता र अपांगतामैत्री निर्वाचन प्रणाली, सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक जिल्लास्तरीय संवाद कार्यक्रममा उनीहरुले यस्तो माग राखेका हुन् ।

नेत्रहीन युवा सँघ नेपाल, बाराले आयोजना गरेको उक्त कार्यक्रममा नेत्रहीन युवा सँघ नेपालका केन्द्रीय उपाध्यक्ष शिव चापागाइँले कार्यपत्र प्रस्तुत गर्दै आसन्न निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई राज्यका विभिन्न तहमा अवसर दिनुपर्ने बताउनुभयो ।

1663336728374

नेपालको संविधानले प्रत्यायोजन गरेका कुरालाई व्यवहारिक रुपमा समेत लागू गरिनुपर्ने धारणा उहाँको रहेको थियो । उहाँले आगामी निर्वाचनको आचारसंहिता निर्माण गर्दा अपाáता भएकालाई समावेश गरेर बनाउने, निर्वाचन पर्यवेक्षकका रुपमा समावेश गर्ने, प्रत्येक मतदान केन्द्रमा एकजना दोभाषे राख्ने, निर्वाचन आयोगका वेवसाइटहरुलाई अपांगमैत्री बनाउनुपर्ने लगायतका कुरा उठाउनुभएको थियो ।

यसैवीच कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले आफ्नो तर्फबाट अपांगता भएका व्यक्तिहरुलाई सहजता प्रदान हुनेगरि काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आफ्नो कार्यालयले अपाáता भएका व्यक्तिको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

1663336746540

कार्यक्रममा जीतपुरसिमराका उपप्रमुख भोला अधिकारीले नगरपालिकाले कानुन र व्यवहार दुवै पक्षलाई हेरेर काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने धारणासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा अपाá सेवा सँघ बाराका अध्यक्ष गंगा वाग्लेले भूगोल र स्थानमात्र अपांग मैत्री नभएर बोली व्यवहार र भाषामा पनि सुधार ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले केही दल बाहेक राजनीतिक दलले आफ्नो विधानमा अपांगताासम्बन्धी कुरा समेट्न नसकेकोमा दुःखेसो व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेता हरि थपलिया, नेकपा एमालेका कार्यालय सचिव शर्मा बेैठा, जसपाका जीवनाथ गोैतमले आफ्नो पार्टी अपांगमैत्री पार्टी भएको दाव िगर्दै आआफ्नो तर्फबाट अपांगको हकहितमा काम गर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेना, सञ्चारकर्मी सीता अधिकारी, समाजसेवी विदुर खड्कालगायतले मन्तव्य राख्नुभएको थियो । नेत्रहीन युवा संघ बाराका अध्यक्ष वकिल मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु दाहालले गर्नुभएको थियो । कार्यक्रममा नेत्रहीन सँघ बाराका अध्यक्ष कृष्ण तिमल्सेना, विभन्न अपांगता भएका व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

1663336707715

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु