२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ब्राइटर एकेडेमी सिमराद्वारा विविध कार्यक्रमको आयोजना

२०७९ आश्विन ३, सोमबार मा प्रकाशित ( साल अघि) ५१८ पाठक संख्या

सिमरा, ३ असोजः संबिधान दिवसको अवसर पारेर ब्राइटर एकेडेमी सिमराले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ । दिवसको अवसरमा एकेडेमीले सरसफाइ तथा विविध कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयको प्रांगणदेखि सिमरा बजार हुँदै पथलैयाका भिमेस्वर मन्दिर, गुम्बा, कृष्ण मन्दिर, धर्मेस्वर मन्दिर लगायत स्थानहरुमा सरसफाई गरिएको विद्यालयका प्रिन्सिपल राजु कार्कीले बताउनुभयो ।

1663601659095

उहाँले पथलैया चोकमा शिक्षक सुदिपले कोणसभा गरि डेङु निवारणसम्बन्धी सचेतना गराएको समेत जानकारी दिनुभयो । सयौँको संख्यामा शिक्षकशिक्षिका तथा विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमलाई जीतपुरसिमरा उपमहानगरापलिका वडा नं १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङ्ग र समाज सेवी रामदास धैजु लगायतको महत्वपूर्ण सहयोग प्राप्त भएको प्रिन्सिपल कार्कीले बताउनुभयो ।

1663602271810

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु