२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेसकी वरिष्ठ नेत्री राणालाई सिमरामा स्वागत

२०७९ आश्विन ४, मंगलबार मा प्रकाशित ( साल अघि) ५१२ पाठक संख्या

सिमरा, ४ असोज ः नेपाली काँग्रेसकी वरिष्ठ नेत्री आर्जु राणा देउवालाई आज बाराली कार्यकर्ताले सिमरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । नेपाल महिला सँघले आयोजना गरेको मधेश प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न बीरगञ्ज जान लाग्नुभएकी नेत्री राणलाई कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

1663660033811
स्वागतका लागि बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख होविन्द्र बोगटी, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सेना, निजामति कर्मचारी तथा सुरक्षाकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

1663659823253

स्वागतका लागि स्थानीय महिला नेतृहरु गीता शर्मा, मुना खरेल, इन्दु ढोडारीलगायतका महिलाहरुको उपस्थिति रहेको थियो ।

1663660347697

कार्यक्रम
पर्साको बीरगञ्जमा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रम महिला नेतृहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । नेपाल महिला सँघले सातै प्रदेशमा महिला सशक्तीकरणसम्बन्धी अहिले कार्यक्रम गर्दै छ । त्यसै शिलशिलामा मधेश प्रदेशमा पनि महिलाहरुको नेतृत्व क्षमता विस्तारका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल प्रेस यूनियनका सल्लाहकार एवं कार्यक्रमका प्रशिक्षक अनिता विन्दुले बताउनु भयो ।

1663660805571

उहाँले निर्वाचनमा महिला प्रतिनिधित्वका कुरा, सूचना प्रविधिका कुरा, सामाजिक सञ्जाल प्रयोगका कुरा, रणनीति बनाउने कुरालगायतमा महिलाहरुलाई सचेतीकरण गर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु