२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधुवन –खम्बा पसाहा पुल र जैतापुर –रघुनाथपुर पसाहा पुलको एकैदिन शिलान्यास

२०७९ आश्विन ९, आईतबार मा प्रकाशित ( साल अघि) ३८६ पाठक संख्या

सीता अधिकारी
रघुनाथपुर, ९ असोजः मधुवन –खम्वा पसाहा पुल र जैतापुर –रघुनाथपुर पसाहा पुलको आज शिलान्यास गरिएको छ । जीतपुर सिमरा उपमहानगर पालिका वडा नं १७, करैया माई गाउँपालिकाको वडा नं १ र कलैया उपमहानगरपालिका वडा नं १५ लाई जोड्ने उक्त पुलको पूर्व वन तथा वातावरण मन्त्री एवं जनता समाजवादी पार्टी का केन्द्रीय सदस्य रामसहायक यादव,  प्रतिनिधि सभाका पूर्व सांसद एवं जसपाका मधेसप्रदेश संयोजक रामबाबुकुमार यादवलगायतका नेताहरुले संयुक्त रुपमा भूमिपूजन् गर्नुभएको थियो ।पूर्व वन तथा वातावरण मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य  यादवले आउने दुई वर्षमा पूरा गर्ने गरी काम सुरु गर्न लागिएको धारणा राख्नुभयो । उहाँले अहिले नागरिकताको सवाल सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो

1664108838089

कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सांसद एवं जसपाका मधेसप्रदेश संयोजक रामबाबुकुमार यादवले बाराका दुईवटा पुल बनाएर समयमै सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जैतापुर रघुनाथ पुर पसाहा पुलको लम्बाइ १ सय ६५ मिटर रहेको छ । यो पुलको तटबन्धसहित ४५ करोड रुपियाँमा ठेक्का लागेको जानकारी दिनुभयो । त्यसैगरी मधुवन खम्वा पसाहा पुलको निर्माणको लागि करिब साँढे २६ करोड बजेट विनियोजन भएको निवर्तमान संघीय साँसद यादवले जानकारी दिनुभयो ।

1664108829506

यसैगरी जीतपुरसिमरा उपमहानगर पालिकाका नगर प्रमुख राजन पौडेलले ओझेलमा परेको सिमरा कोल्बी सडक खण्डलाई ध्यान दिन आग्रह गर्नुभएको थियो ।

1664108816309
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य भरत खड्काले पसाह खोलामा पुल बन्दा बारामा मात्र नभएर रौतहट र पर्साका स्थानीयले समेत प्रत्यक्ष लाभ लिने बताउनुभयो ।

1664108805190

जीतपुरसिमरा वडा नं १५ का वडाध्यक्ष भीम गन्तानको अध्यक्षतामा भएको शिलन्यासपछिको कार्यक्रममा मधेश प्रदेशका निवर्तमान साँसद बच्चा यादव, जसपाका केन्दीय सदस्यहरु प्रयागराज यादव, प्रकाश चौगाइँ, रामबाबुप्रसाद यादव,शिला साह, गणेश कुमार कुशवाह, जसपा मधेस प्रदेश सदस्य सोहन शर्मा, करैयामाइ गाउँपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जसपाका केन्द्र तथा जिल्लास्तरका नेता कार्यकर्ता साथै स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

16641131119691664113099355

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु