२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बाराको मुख्य क्षेत्र सिमरामा १५ शैयाको अस्पताल भवन शिलान्यास

२०७९ आश्विन १०, सोमबार मा प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १० असोजः बाराको मुख्य क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा आज १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने उदेश्यले शिलान्यास गरिएको हो ।

1664183339087

प्रत्येक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने संघीय सरकारको अवधारणा लाई मूर्तरुप दिन उपमहानगरपालिकाले अस्पताल निर्माणको काम अघि बढाएको छ । अस्पतालको नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले आज एक कार्यक्रमका वीच शिलान्यास गर्नुभएको छ । अस्पतालको शिलान्यास गर्दै मन्त्री खापुङले दरबन्दी कायम गर्नका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो । उहाँले मन्क्रालयले आवश्यक जनशत्तिको दरबन्दी कायम गर्न अध्ययन गरिरहेको धारणा व्यक्त गर्नुभयो
जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलका अनुसार एक महिनाभित्रमा सेवा सुरु गरेर अघि बढ्ने तयारी छ ।उपमहानगरपालिकाले एमडिजीपी उपाधी प्राप्त एक चिकित्सकसहित, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, एक एनेस्थेसिया र फार्मेसी सहायक गरी ९ जना जनशक्ति माग गरेको छ । नगर प्रमुख पौडेलले उपमहानगपालिकाकै स्रोतमा प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधारबाट तत्काल सेवा सुरु गरिने भएकोले यथाशिघ्र दरबन्दी कायम गरिदिन मन्त्री खापुङको ध्यानाकर्षणसमेत गराउनुभएको थियो । उपमहानगरपालिकाले यसै वर्षदेखि मिर्गौलाको डायलासिस सेवा समेत सुरु गर्ने तयारी गरिहेको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि भाष्करका अनुसार एक महिनाभित्र अस्पतालको सेवा सुरु गर्ने र एक वर्षमा डायलासिस सेवा सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि काठमाण्डौको एचपिसि कन्स्ट्रक्सनसंग उपमहानगपालिकाले २० करोड ५५ लाखमा कार्य सम्झौता गरिसकेको छ । करिब सात कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न निर्माण हुने उपमहानगरपालिकाका ईन्जिनियर अभयकान्त झाले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा पूर्व श्रममन्त्री किसान श्रेष्ठ, निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, शोभा लामा, उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, कार्यपालिका सदस्य प्रलाद साह, अर्जुन रसाईली, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जितन ठाकुरसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

1664183255850
नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका योजना अधिकृत बालाराम खड्काले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु