२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सप्तरंगी साकोसको १५ औँ वार्षिक सभा सम्पन्न

२०७९ आश्विन १५, शनिबार मा प्रकाशित ( साल अघि) ३१७ पाठक संख्या

सीता अधिकारी
समरा, १५ असोजः बाराको रजघट्टामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । एकहजार ३ सय ९४ महिला र १ हजार ४ सय ९० पुरुष गरी २ हजार ८ सय ८४ शेयर सदस्य रहेको सहकारीले १० करोड ४८ लाख ४४ हजार ३ सय ३१ रुपियाँको कारेवार गरिहेको सप्तरंगी साकोसका अध्यक्ष राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

1664640214172
कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कारबाट श्यामप्रसाद भट्टराई र सञ्चारकर्मी शारदा पोख्रेललाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

1664641108149
संविधान सभा सदस्य जयराम दाहाल, बारा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष चयन गुरुंग, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं ११ का विन्दा लाल साह, वडा नं १२ का श्यामबाबु खाँ, सानाकिसान कृषि सहकारी संस्थाफत्तेपुरका अध्यक्ष जय किशन चौधरी, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवसथापक सन्तोष भुजेल, हातेमालो बचत तथा ऋण सहकारी संस्था का कोषाध्यक्ष बरुण गौतम, घण्टीमाइ बचत तथा ऋण सहकारी संस्था औराहाका सचिव भवन खड्कालगायतको उपस्थिति रहेको कार्यक्रममा यानबहादुर श्रेष्ठलाई उत्कृष्ट कारोवारकर्ताका रुपमा प्रशंसा पत्र र ८० वर्षीय तेजबहादुर बस्नेतलाई जेष्ठ नागरिक भनि सम्मान प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट वचत कर्ता लक्ष्मी भट्ट र उत्कृष्ट दैनिक वचतकर्ता शेष अयुवलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्य स्वर्गीय दिलबहादुर भट्टराईकी श्रीमति संगीता भट्टराईलाई २५ हजार नगद राहत उपलब्ध गराइएको थियो ।
संस्थाका सचिव रामबहादुर चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शोभा के सीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

1664640248458

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु