२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि लालबाबु सिंहको उम्मेद्वारी

२०७९ आश्विन २३, आईतबार मा प्रकाशित ( साल अघि) ३०८ पाठक संख्या

सिमरा, २३ असोजः मंसिर ४ गतेको निर्वाचनका लागि गठबन्धन दलका तर्फबाट बारा क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि लालबाबु सिंहले उम्मेद्वारी दिनुभएको छ । नेपाली काँग्रेस पाटी छाडेर लोकतान्त्रिक समाजबादी पार्टीमा प्रवेश गरेर उहाँ बारा क्षेत्र नं ३ बाट उम्मेद्वार बन्नुभएको हो ।
नेपाली काँग्रेस पार्टीमा वसेर लामो समय राजनीति गर्नुभएका सिंहले लोकतन्त्रको रक्षाको लागि आफू गठबन्धनका साझा उम्मेद्वार भएको बताउनुभएको छ ।
बारा क्षेत्र नं ३ को प्रदेश सभा सदस्य (क) जसपाका भरत खड्का, माओवादीका मुकेश यादव, स्वतन्त्रबाट शिवनाथ पटेल, ध्रुव यादव, नेकपा एमालेबाट रविनदास श्रेष्ठले उम्मेद्वारी दिएका छन् । त्यस्तै प्रदेश सभा सदस्य (ख) मा जसपाका पारस प्रसाद साह, एमालेबाट म. समिर, नेपाली काँग्रेसबाट जयचन्द्र चौरसियाले उम्मेद्वारी दिनुभएको छ ।
बारा क्षेत्र नं ३ मा चारजनाको प्रतिस्पर्धा
आगामी निर्वाचनका लागि बारा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि ४ जनाको प्रतिस्पर्धा हुने भएकाो छ । जसमा नेकपा एमालेबाट ज्वाला कुमारी साह, जसपाबाट रामबाबु यादव, गठबन्धनबाट लालबाबु सिंह र स्वतन्त्रबाट चन्द्रप्रकाश सुवेदी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु