२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

केन्द्रीय दवाव धान्न नसकेर उम्मेद्वारी फिर्ता गर्न गएकी रायमाझीलाई रोके समर्थकले

२०७९ आश्विन २६, बुधबार मा प्रकाशित ( साल अघि) ३२४ पाठक संख्या

सिमरा, २६ असोजः राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट उम्मेद्वारी फिर्ताको दवाव आएपनि आफ्ना समर्थकहरुले उम्मेद्वारी फिर्ता गर्न नदिएपछि आफू निर्वाचनमा होमिएको स्वतन्त्र उम्मेद्वार नारायणी रायमाझीले बताउनुभएको छ । लामो समय समाजसेवा र राजनीति गर्दै आउनु भएकी रायमाझी पार्टीले टिकट नदिएपछि स्वाभिमानी कार्यकर्ताको न्यायको लागि भन्दै असोज २३ गते आइतबार  स्वतन्त्र उम्मेदवारी मनोनयन गराउनु भएको थियो ।
मनोनयन दर्ता गराएकै दिनदेखि सत्ता साझेदार नेताहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, प्रकाशसरण महतलगगायतका नेताबाट उम्मेद्वारी फिर्ता लिन दवाव आइरहेको थियो उहाँले भन्नुभयो । पछिल्लो समय केन्दीय सदस्यमा मनोनित गरेको पत्रसहित एकीकृत समाजवादीका कृष्ण खनालसमेत आएर आफूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि त्यसैअनुसार आफू निर्वाचन कार्यालयमा मनोनयन फिर्ताको लागि गएको तर एकाएक समर्थकहरुले सूचना पाएर आफूलाई निर्वाचन कार्यालयबाट बाहिर बोलाई कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिन र कार्यकर्ताको मनोभावना बुझिदिन आग्रह गरेका थिए । रायमाझीका अनुसार उहाँलाई उक्त स्थानबाट होटल इच्छामा लगिएको थियो । उहाँले भन्नुभयो, एकाएक माहोल परिवर्तन भएछ र प्रहरी प्रशासनलाई समेत नारायणी रायमाझी अपहरणमा परेको भन्ने खबर सिमरा इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख युवराज तिमल्सेनालाई पुगेपछि आफूलाई खोज्दै प्रहरीको हुल आएपछि म त आश्चर्यमा परेँ, उहाँले आफू अपहरण नभएर कार्यकर्ताको आग्रह र दवावलाई अस्वीकार गर्न नसकेर उम्मेद्वारी फिर्ता नलिएको बताउनुभयो ।
नेपाली काँग्रेसले आफ्नो सत्र हजार मतदाता रहेको क्षेत्रमा सँघ र प्रदेश दुवैमा कुनै पनि उम्मेद्वार नदिएपछि आफूलाई स्वाभिमानी कार्यकर्ता सुभेच्छुकलगायतले न्यायको लागि भन्दै स्वतन्त्र उम्मेद्वारी दिन आग्रह गरेका हुन् ।
आफूलाई गठबनधनका उम्मेद्वार किशान श्रेष्ठले समेत भरपुर सहयोग गरेको भएपनि कायृकर्ताको आग्रहलाई आफूले नकार्न नसकेको रायमाझीले बताउनुभयो । आफ्नो उम्मेद्वारी कसेप्रति लक्ष्यित नभै आफूले गरेको लामो समाजसेवा र राजनीतिक योगदानका कारण एकपटक यस क्षेत्रका सम्पूर्ण जनतासँग आफुलाई न्याय दिन र पुन जनताको सेवा गर्ने अवसर दिन उहाँले आग्रह समेत गर्नुभएको छ ।

चुनाव चिह्न जेब्रा
बारा क्षेत्र नं ४ क का लागि स्वतन्त्र उम्मेद्वारी दिएकी नारायणी रायमाझीले चुनाव चिह्न जेब्रा पाउनुभएको छ । निर्वाचन कायालय प्रमुख कर्णबहादुर राईका अनुसार रायमाझीले जेब्रा चिन्ह प्राप्त गर्नुभएको छ । चुनाव चिह्न प्राप्त गरेपछि स्वतन्त्र उम्मेद्वार रायमाझी घरदैलो अभियानमा जुट्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु