२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा क्षेत्र न. ३ मा मण्डलको अध्यक्षतामा जसपाको प्रचार प्रसार समिति गठन

२०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित ( साल अघि) २६० पाठक संख्या

 

सिमरा, २८ असोजः प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले बारा निर्वाचन क्षेत्र नं ३ मा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । कमलेश मण्डलको अध्यक्षतामा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

जपसाको बैठकले निर्वाचन प्रचारप्रसार समितिको उपाध्यक्षमा मेहिलाल दास थारु,सचिवमा शंकर गुप्ता,सहसचिवमा उप्रेन्द्र मण्डल,कोषाध्यक्षमा विश्वनाथ महतोलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा संजय कुशहवा, रामाधार साह, बिजय गुप्ता, उत्तिम पटेल, ईन्द्रदेव प्रसाद यादव, पन्नालाल साह,ईन्द्रजित पासवान,रञ्जित चौरासिया, पवन साह,अजय कुशहवा,लक्ष्मी साह,सुल्तेन साह,अजय जैशवाल, सुरेश सहनी,ओमप्रकाश यादव, लक्ष्मण साह,हरिन्द्र पटेल,पतिराम सहनी, राघव राउत,मुक्ती यादव,हरिशंकर सहनी,राजेन्द्र सहनी,जयनारायण पण्डित,विनोद पटेल,बैजनाथ प्रसाद साह,बिनोद साह,बिर शमसेर,अस्लम, बिजय पटेललगायतको रहनुभएको छ ।

जसपाले बाराको क्षेत्र नं ३ मा प्रदेशतर्फ (क) मा ३५ सदस्यिय र (ख) मा ६० सदस्यिय प्रचारप्रसार समिति गठन गरेको छ । बारा—३ का निर्वतमान संघीय सांसद रामबाबु कुमार यादवको अध्यक्षतमा बसेको बैठकमा निर्वतमान प्रदेशसभा सदस्य पारस साह, जसपाका नेताहरु भरतबहादुर खड्का,रुपलाल चौधरी, शंकर यादव, विना खड्का,बिजय पटेल, रघुवर यादव, धर्मेन्द्र यादव,मनोज पण्डित,उमरावती यादव,प्रमोद गुप्ता,शिला साह,अजय पटेल, प्रकाश चौगाँई, लिला पाण्डे लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

साथै सोही बैठकले हेमराज भट्टराईको संयोजकत्वमा १६ सदस्यिय निर्वाचन परिचालन कमिटि समेत गठन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ३ मा मधेशप्रदेश अध्यक्ष रामबाबु कुमर यादव र प्रदेशसभा सदस्य तर्फ ३ (क) मा भरत बहादुर खड्का र ३ (ख) मा पारस साहले उम्मेदवारी दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु