२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वन अतिक्रमण हटाइ व्यवस्थापन गर्न कोल्हवीमा सरोकारवालासँग अन्तरक्रिया

२०७९ आश्विन ३१, सोमबार मा प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

सीता अधिकारी
कोल्हवी, ३१असोजः वन अतिक्रमण हटाइ व्यवस्थापन र अतिक्रमणसम्बन्धी सरोकारवालाहरुसँगको एक दिने अन्तरक्रिया गोष्ठी बाराको कोल्हवीमा सम्पन्न भएको छ । बाराको कोल्हवी मधुवन सब डिभिजन बन कार्यलयको वन क्षेत्र अन्तरगत रेड कार्यान्वयन केन्द्र काठमाडौँको सहयोगमा डिभिजन वन कार्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

1666007430794
डिभिजन वन कार्यालय बाराका वन अधिकृत अनिल कुमार साहले सहजीकरण गर्नुभएको कार्यक्रममा अतिक्रमण हटाउन सरोकारवालासँग छलफल गरिएको थियो । कार्यक्रममा कोल्हवी नगरपालिकाका उपमेयर लक्ष्मीकुमारी चौधरी, डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह, वन क्षेत्रसँग जोडिएका नगरको वडा नं ४ का वडाध्यक्ष विष्णुप्रसाद मैनाली, ३ का वडाध्यक्ष किशनदयाल चौधरी, ६ का वडाध्यक्ष दिनेश चौधरी, तामागढी साझेदारी वनका अध्यक्ष रवीन्द्र पनहार, इलाका प्रशासन कार्यालय कोल्हवीका अधिकृत नवीन चौधरी, तामामगढी साझेदारी वनका शुभद्रा धिमाल, सुरक्षाकर्मी, वन संरक्षणकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

1666007403566

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु