२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाम लोकतान्त्रिक साझा गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन

२०७९ कार्तिक २, बुधबार मा प्रकाशित ( साल अघि) ८८३ पाठक संख्या

 

सिमरा, २ कात्तिकः बारा क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाबिच क्षेत्र र प्रदेश निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको हो ।

क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको हो । सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले साझा गठबन्धन विकास निर्माणको काममा सधै अग्रसर रहने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले गठबन्धन जित नजिक रहेको बताउनुभयो । साझा गठबन्धनले जनताको भावना बुझ्ने भन्दै श्रेष्ठले सबैलाई समेटेर आफुहरु अघि बढ्ने बताउनुभयो । क्षेत्र नम्बर ४ ख का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले मधेशको विकास गर्न साझा गठबन्धन दृढ भएर लाग्ने बताउनुभयो । साझा गठबन्धनको निर्वाचन गतिविधि देखेर बिपक्षीहरु अत्तालिएको भन्दै उहाले मंसिर ४ गतेपछि देश नै गठबन्धनमय हुने बताउनुभयो ।
बारा क्षेत्र नं ४ का क्षेत्रिय निर्वाचन परिचालन समितिका संयोजक सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा एकिकृत समाजवादीका नेता बिरेन्द्र साहले गर्नुभएको थियो । बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यस्तै आज एक कार्यक्रमकाबिच क्षेत्र नम्बर ४ क को निर्वाचन परिचालन कार्यालयको सिमरामा उद्घाटन गरिएको छ ।त्यसैगरी क्षेत्र नम्बर ४ ख को निर्वाचन परिचालन कार्यालयको पर्सौनीमा उद्घाटन गरिएको छ । दुवै कार्यालयको उद्घाटन प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु