२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

त्रिवेणी स्पेनिङ मिल्समा प्रहरी र कामदारविच झडप, वार्ता बिना निष्कर्ष टुंगियो

२०७९ कार्तिक ३, बिहिबार मा प्रकाशित ( साल अघि) ३०४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३ कात्तिकः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ९ स्थित छातापिपरामा रहेको त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.मा आज बिहीबार भएको झडपपछिको वार्ता विना निस्कर्ष टुगिंएको छ । त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई कम्पनीमा कार्यरत मजदुरहरुले ताला लगाइ कोठामा थुनिदिएपछि प्रहरीले उद्धार गरेको थियो ।
उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ५ जना कर्मचारीलाई थुनेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीसहितको प्रहरी, उद्योगका प्रमुख र मजदुर नेता छलफलमा बसेका थिए । छलफल विना निस्कर्ष टुँगिएको हो । मजदुरहरु शान्तिपूर्ण धर्नामा बसेका छन् ।

के थियो घटना ?
कारखानाले चाडपर्वमा समेत बोनस नदिएको भन्दै मजदुर बुधबारबाट आन्दोलित थिए । प्रहरीका अनुसार कम्पनीले दशैं तिहारको बोनस नदिएको भन्दै करिब ३ सय मजदुरले प्रशासकीय अधिकृतको कोठामा बुधबार साँझबाट तालाबन्दि गरेका थिए । उक्त स्थानको सुरक्षार्थ तैनाथ प्रहरीले विहिबार दिउँसो भित्र बार्ता चलिरहेका बेला बाहिर रहेका मजदुरलाई सम्झाउने बुझाउने काम गरिरहेकै बेला प्रहरीसँगै विवाद भएको थियो । आक्रोसित मजदुरको भिडले प्रहरीमाथि जाइलागे ।भिडलाई नियन्त्रणमा लिन प्रहरीका तर्फबाट ३४ राउण्ड अश्रुग्यास सेल, सर्ट गनबाट १ राउण्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ । भने १३ थान सिलढाल फुटेको, ९ थान बेदको लाठी भाँचिएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो । यस्तै क्रममा ७ जना कारखाना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बार्ता नमिलेको कारण झडप हुँदा १० जना नेपाल प्रहरी घाईते भएका छन् ।

विवादपछि झडप हुँदा अश्रुर ग्यास सहितको हवाई फायर समेत गरिको हो । यसै अवस्थामा प्रहरीका जवान र आन्दोलनकारी केही समेत घाईते भएको हुन् ।

1666281723184

घाईते मध्ये प्रहरी हवल्दार श्रीराम पटेल र प्रहरी जवान सुरेन्द्र महत्तो उपचार भैरहेको छ । टाउकोमा चोट लागेका पटेलको गण्डक अस्पताल बिरगजंमा र महत्तो ओठमा चोट लोको अवस्थामा अल्पाईन अस्पताल सिमरामा उपचार पश्चात थप उपचारका लागि गण्डक अस्पताल बिरगजंमा लगिएको छ ।  दुबैको  सामान्य अवस्थामा उपचार भैरहेको थापाले बताउनुभयो ।

घाईते प्रहरीहरुः–
१)प्र.ना.उ.युबराज तिमिल्सिना– दाहिने पाखुरामा चोट –सामान्य
२)प्र.नि.राज किशोर साह तेली– बाया खुट्टामा चोट – सामान्य
३)प्र.ना.नि.राजन थापा – नाकमा चोट – सामान्य
४)प्र.ह.श्रीराम पटेल – टुउकोमा चोट – सामान्य(थप उपचारको लागी गण्डक अस्पताल बिरगंज रिफर)
५)स.प्र.ह.दिपक गुरुङ – दाहिने हातमा चोट – सामान्य
६)प्र.ज.राजेश पुन मगर – बाया खुट्टामा चोट – सामान्य
७)प्र.ज. सदाम हुसेन – छातीमा चोट – सामान्य
८)प्र.ज.रुदल कु.यादब – दाहिने कुहिनामा चोट – सामान्य
९)प्र.ज.रुबोध कु.यादब – बाया कुहिनामा चोट – सामान्य
१०)प्र.ज.सुरेन्द्र महतो – ओठमा चोट – मध्यम(थप उपचारको लागी गण्डक अस्पताल बिरगंज रिफर)

प्रहरीले नियन्त्रणमा लिएका कारखानाका मजदुरहरु
१)जिल्ला पर्सा बि.म.न.पा.३२ चोर्नि बस्ने अ.बर्ष २५ को सन्जय कु.यादब
२)ऐ.ऐ.२८ बस्ने अ.बर्ष २२ को ओम प्रकास मिस्र
३) ऐ.ऐ.प्रसागढी ५ बस्ने अ.बर्ष २५ को मनोज यादब
४)जिल्ला बारा कलैया उ.म.न.पा.१६ बस्ने अ.बर्ष २५ को राजेश यादब
५)जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.१० बस्ने अ.बर्ष २५ को अक्लेस पाण्डे
६)ऐ.ऐ.प्रसौनि गा.पा.५ बस्ने अ.बर्ष ३० को ब्रिज किशोर साह

७)जिल्ला बारा कलैया उ.म.न.पा.१२ बस्ने अ.बर्ष २६ को सोनालाल प्र. यादब.

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु