२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कृषि, शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकताः रामबाबु यादव

२०७९ कार्तिक ४, शुक्रबार मा प्रकाशित ( साल अघि) २३७ पाठक संख्या

जसपा उम्मेद्वारको घरदैलो अभियान तीव्र

सिमरा, ४ कात्तिकः कृषि, शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएको जनता समाजवादी पार्टी जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बताउनु भएको छ । बारा क्षेत्र नं ३ बाट आसन्न निर्वाचनमा प्रतिनिधि सभा उम्मेद्वार बन्नुभएका यादवले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनु भएको हो ।
यादवले पहिलो प्राथमिकतामा कृषि, दोस्रोमा शिक्षा र तेस्रोमा स्वास्थ्य रहने बताउनु भएको हो । यो बाराको ३ नं क्षेत्र दुईवटा उपमहानगरपालिका रहेको, दलित, जनजाति, मुस्लिम, थारु, खस आर्य सबै जाती, धर्मालम्बीको बसोबास रहेको यो ठाउँमा उपमहानगरपालिकाको अवस्था र मूलभूत आधारलाई जनताको पहुँचमा पुर्याउने, सहज रुपले उपभोग गर्न पाउने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बेहरीमा घरदैलो
बाराको निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभासदस्य उम्मेद्वार रामबाबु यादव, ३ क का प्रदेश सभासदस्य उम्मेद्वार भरत भण्डारी लगायत घरदैलो अभियानमा लागेका छन् ।

1666354291091

आज जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १४ स्थित बेहरी धाँगड वस्तीमा घरदैलो तथा भेटघाट गरी जनताका समस्या सुनुवाइ गरेका थिए । प्रदेश सभाासदस्य उम्मेद्वार भरत खड्काले वस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोलगायतका समस्या भएको गुनासो आएको बताउनुभयो उहाँले अव जनताका समस्या आफ्नो समस्या भएकाले यसको समाधानका लागि पहल गरिने बताउनुभयो ।

1666354496785

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु