२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले गर्यो जीतपुरमा निर्वाचन सम्पर्क कार्यालय स्थापना

२०७९ कार्तिक ५, शनिबार मा प्रकाशित ( साल अघि) ३४१ पाठक संख्या

सिमरा, ५ कात्तिकः प्रतिनिधि तथा प्रदेश सभा र्विाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले बाराको जीतपुरमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले जीतपुरको चोकमा आफ्नो निर्वाचन सम्पर्क कार्यालय स्थापन गरेको हो । सम्पर्क कार्यालयको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती चौधरी गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधी सभाका नेकपा एमालेका उमेदवार एकवाल मियाँले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा भएको विकासमा आफ्नो पनि उतिकै साझेदारी रहेको बताउदै केहि दिनभित्र यस निर्वाचन क्षेत्रको कुन कुन स्थापनमा के के काम गरेको विवरण सार्वजनिक गर्ने बताउनुभएको छ ।

1666437277221
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले जनताको विकास नै आफ्नो विकास भएको बताउनुभयो । उहाँले आफ्नो जीवनको महत्वपूर्ण समय जनताको सेवा मै बितेको बताउदै अब सूर्य छापमा मतदान गरी आफूलाई जिताउन आग्रह गर्नुभयो ।

1666437221764
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा कार्यसमितिका अध्यक्ष सीता उप्रेतीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य दिनेश्वर ठाकुर, एमाले जिल्ला सचिवालय सदस्य ताराबहादुर कार्की, भरत घले, रेणु रेग्मी, जिल्ला कमिटि सदस्य कासिम हुसेन, गिता घले, शुभद्रा न्यैेपाने, एमाले नेता एवम पुर्व प्रदेश सभा सदस्य सुन्दर विक, सीता गुरुङ्ग, वडा नम्बर ७ का जननिर्वाचित वडा अध्यक्ष सुनिल गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारी लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु