२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गठबन्धनका साझा उम्मेद्वार किशानद्वारा मतदाता र बाराका जनतालाई अपशब्द नबोलेको स्पष्टोक्ति

२०७९ कार्तिक ५, शनिबार मा प्रकाशित ( साल अघि) २७७ पाठक संख्या

1666451179478
सिमरा, ५ कात्तिकः बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका कृष्ण कुमार श्रेष्ठ किशानले आफूुले क्षेत्र नम्बर ४ का तथा बाराका मतदातालाई अपशब्द नबोलेको स्पष्ट पार्नुभएको छ । बाराको परवानिपुर गाउपालिका वडा नम्बर २ स्थित रामपुर टोकनीमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले क्षेत्र नम्बर ४ तथा बाराका मतदाताप्रति आफ्नो सधै सम्मान रहेको बताउनुभयो ।

बिपक्षीहरुले मतदातालाई भ्रममा पारी चुनावी एजेण्डा मात्र बनाएको र जनतालाई अनावश्यक प्रचारले आफूप्रति वितिष्णा जगाइदिने काम गरेको जिकिर गर्दै श्रेष्ठले मतदातालाई उल्झनमा पार्ने काम नगर्न आग्रह गर्नुभयो । आफ्नो ज्यान भन्दा प्यारो आफ्नो मतदाता भएको भन्दै उहाले गठबन्धन कुनै पनि हालतमा चुप लागेर नबस्ने बताउनुभयो ।

एक टेलिभिजन कार्यक्रममा प्रश्नकर्ताको जवाफ दिने क्रममा उम्मेदवार श्रेष्ठले भाडाका टट्टु भन्दै आक्रोश व्यक्त गरेपछि आलोचना भएको छ ।

५ दलिय गठबन्धनले अन्याय नसहने भन्दै उहाले बिपक्षीहरुले जथाभावि प्रचार गरेको आरोप लगाउनुभयो । कार्यक्रम बारा क्षेत्र नम्बर ४ ख का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले साझा गठबन्धन देखेर बिपक्षीहरु अत्तालिएको बताउनुभयो । साझा गठबन्धन विकासको पक्षमा रहेको भन्दै उहाले जुन सुकै हालतमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा ५ दलिय गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
बारा क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यमा किसान श्रेष्ठ कलमछाप, ४ क मा क्षेत्रबहादुर श्रेष्ठ अनिल हसियाहतौडा छाप र ४ ख मा जितेन्द्र सोलन  साइकलछाप रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु