२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गठबन्धनलाई जिताउन कार्कीले पाए विशेष जिम्मेवारी

२०७९ कार्तिक १८, शुक्रबार मा प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

सिमरा, १८ कात्तिकः आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्ष्यित गर्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले बाराका ओमकृष्ण कार्कीलाई विशेष जिम्मेवारी प्रदान गरेको छ । महाधिवेशन प्रतिनिधि एवं बारा क्षेत्र नं ४ क का पूर्व प्रत्यासी कार्कीलाई प्रत्यक्ष तर्फ रुख चिह्न मा मतदान गर्ने अवस्था नरहेकोले प्रत्यक्षतर्फ गठबन्धनका उम्मेद्वार र समानुपातिकतर्फ रुख चिन्हमा मतदान गराउने उद्देश्यले केन्द्रीय प्रतिनिधिको रुपमा विशेष जिम्मेवारी दिइएको हो ।
नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित पत्रमा गठबन्धनलाई बढीभन्दा बढी मत दिलाउँदै समानुपातिकतर्फ नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्ने वातावरण तयार गरिनुपर्ने उल्लेख गरिएको छ । साथै सम्बन्धित क्षेत्रका साँगठनिक प्रतिनिधि, अग्रज, प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक उम्मेद्वार, भातृ तथा सुभेच्छु संस्थाका प्रतिनिधि, स्थानीय तहका नेता कार्यकर्तालाई समेत समावेश गरी निर्वाचन अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।Received_681025700000544

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु