२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा जिल्ला बचत तथा ऋण सहकारी सँघको १३ औँ बार्षिक सभा डुमरवानामा सम्पन्न

२०७९ कार्तिक १९, शनिबार मा प्रकाशित ( साल अघि) ३३२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १९ कात्तिकः बारा जिल्ला बचत तथा ऋण सहकारी सँघ लिमिटेड कलैया बाराको १३ औँ बार्षिक साधारण सभा शनिबार डुमरवानामा सम्पन्न भएको छ ।
सभाको कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रिय वचत तथा ऋण सहकारी सँघका केन्द्रिय कोषाध्यक्ष दीपक पनेरुले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपलिकाका नगरप्रमुख भोला प्रसाद अधिकारी, राष्ट्रिय सहकारी बैँकका सञ्चालक ध्रुवनारायण यादव, जिल्ला सहकारी सँघ बाराका संंस्थापक मुकुन्द बहादुर क्षेत्री, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, नेफ्स्कुन फिल्ड कार्यालय बीरगञ्जका इन्चार्ज ब्रिजेश गुप्ता, राष्ट्रिय सहकारी बैँक सिमराका शाखाप्रमुख सुरेश लागे, कलैयाका मनिष रेग्मी, डुमरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

उत्कृष्टलाई सम्मान
कार्यक्रममा उत्कृष्ट कर्मचारी वासुदेव रिमाल, उत्कृष्ट सञ्चालक भीम केसी, पहिलो साधारण सभा गर्ने सिमरा महिला साकोस, उत्कृष्ट कारोबार गर्ने रोयल साकोस कलैयालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

1667652766507

प्रशंसा पत्र प्रदान
कार्यक्रममा वचत सँघमा आवद्ध रहेका सहकारीमध्ये ९ वटा सहकारीलाई कार्यक्रम सञ्चालनका लागि सहयोग पुर्याएबापत प्रशंसा पत्र प्रदान गरिएको थियो । जसमा सुनकोशी साकोस उचिडी, जुनेली महिला साकोस जेतापुर, सर्वसुलभ साकोस वडहर्वा, मौवादेव साकोस वडहर्वा, सप्तरंगी साकोस डुमरवाना, उद्यमशील साकोस डुमरवाना, जनज्योति साकोस रजघट्टा, घण्टीमाई साकोस औराहा, संगालो साकोस सिमरा रहेका थिए ।

बारा जिल्ला बचत तथा ऋण सहकारी सँघमा बाराका एक सय ७ वचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत सस्थांगत प्रतिवेदन सँघका अध्यक्ष सतेन्द्र ठाकुरले प्रस्तुत गर्नुभएको सस्थांगत प्रतिवेदन , कोषाध्यक्ष शोभा राउतले प्रस्तुत गर्नुभएको लेखा परीक्षण प्रतिवेदन तथा संस्थागत निर्णयहरु समेत पारित गरेको थियो ।

बारा जिल्ला वचत तथा ऋण सहकारी सँघ लिमिटेडका सञ्चालक समितिका सदस्य यज्ञप्रसाद तिवारीले संयोजन गर्नुभएको वार्षिक साधारणसभाको सञ्चालन संस्थाका सञ्चालक राजुप्रसाद अधिकारीले गर्नुभएको थियो ।

1667658668009

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु