२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सञ्चारकर्मी पोखरेलमाथि भएको अभद्र व्यवहारको महासँघ बाराद्वारा खेद व्यक्त

२०७९ कार्तिक २१, सोमबार मा प्रकाशित ( साल अघि) ४९० पाठक संख्या

सिमरा, २१ कात्तिकः
समाचार संकलनको क्रममा सञ्चारकर्मी शारदा पोखरेलमाथि केही व्यक्तिले गरेका अभद्र व्यवहारको खेद व्यक्त गर्दै नेपाल पत्रकार महासँघ बाराले प्रेश विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा रातोपाटी अनलाइनकी बारा सम्बाददाता तथा नेपाल पत्रकार महासँघ बाराकी सदस्य शारदा पोख्रेलमाथि आइतबार बाराको जीतपुरमा भएको घटनाको विषयमा नेपाल पत्रकार महासँघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासँघ बारा शाखाका अध्यक्ष रेशम तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई समाचार लेखेकै भरमा अभद्र व्यवहार गरिनु प्रेश स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुको साथै निन्दनीय कार्य हो । महासँघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ भनिएको छ ।
विज्ञप्तिमा सम्पूर्ण सञ्चारकर्मी एवं पत्रकाहरुलाई प्रेस काउन्सिलद्वारा जारी निर्वाचन आचारसंहितामा रहेर र पत्रकार आचारसंहितालाई समेत ध्यानमा राखेर
स्वतन्त्रतापूर्वक समाचार प्रकाशन तथा प्रशारण गरी निर्वाचनलाई शान्तिपूर्ण, निसपक्ष रुपमा सम्पन्न गर्नका लागि पनि सहयोग गर्न अनुरोध गरिएको छ ।

के थियो घटना ?
आइतबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ( जसमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यालय पनि स्थापना गरिएको छ ) को मूल गेटमा वडाध्यक्षसहित स्थानीयले बजारको फोहोर नउठाएको भन्दै ताला लगाएपछि प्रहरीले निर्वाचनकार्य विथोलिन सक्ने भन्दै वडाध्यक्षलाई पक्राउ गरेको थियो । पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले छाडिसकेको छ । पोखरेलले “निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ” शीर्षकमा रातोपाटी अनलाइनमा समाचार प्रकाशन गरेकी थिइन ।सोही समाचार संकलनका क्रममा पोखरेलमाथि अभद्र व्यवहार भएको थियो ।हेर्नुहोस् विज्ञप्तिः

1667840690431

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु