२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पर्यटनका लागि मधेस प्रदेशमा पहिलोचोटी “टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग”तालिमको सुरुवात

२०७९ कार्तिक २२, मंगलबार मा प्रकाशित ( साल अघि) ५९७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २२ कात्तिकः पर्यटनको प्रचुर सम्भावना रहेको मधेस प्रदेशमा पहिलोचोटी टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्गसम्बन्धी ४ दिने तालिमको सुरुवात गरिएको छ । “समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नाट्टा मधेस प्रदेशको आयोजनामा बाराको सिमरामा उक्त तालिमको सुरुवात गरिएको हो ।
नाटा केन्द्रीय कार्यसमितिका सदस्य श्रद्धा जोशीले पर्यटन व्यवसायमा आफूहरुसँग रहेका जनशक्तिलाई व्यवहारिक सिप प्रदान गर्नका लागि यस्ता तालिमको आयोजना गरिएको बताउनुभयो ।

1667915022337

उहाँले पर्यटन व्यवसायीलाई मधेस प्रदेशमा भएका पर्यटन गन्तव्यहरु अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने र वाह्य र आन्तरिक पर्यटनलाई व्यवस्थित र व्यवसायमूलक बनाउन सक्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । नाटा केन्द्रिय सदस्य जोशीले काठमाडौँमा यस्ता तालिम आयोजना गरिसकेको र अन्य प्रदेशमा पनि सञ्चालन गरिने बताउनुभयो ।

औपचारिक कार्यक्रम
नाटा मधेस प्रदेशका अध्यक्ष एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको जीविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना अन्तरगत आयोजित टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गमलाको विरुवामा पानी सिञ्चित गरी उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनका अवसरमा नगरप्रमुख पौडेलले पर्यटन प्रवर्द्धनका लागि बाराको अमलेखगञ्ज, पथलैया, हलखोरिया दह, सहजनाथ मन्दिर, शक्ति झर्ना लगायतलाई सम्बर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।

1667915059470

उहाँले अमलेखगञ्जलाई पर्यटन भिलेजको रुपमा विकास गर्न नीति तथा कार्यक्रममा समावेश गरेको, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतीय बाल्मिकी टायगरसँग जोडिएको पर्सा ठोरीको ब्रम्हनगर, खुला चिडियाखाना निर्माण लगायतमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी  नाटा मधेस प्रदेश सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले मधेश प्रदेशमा भएका बाराको पर्सा राष्ट्रिय निकुञ्ज, विश्वप्रसिद्ध महागढीमाई मन्दिर, सिम्रौनगढ क्षेत्र, सर्लाहीको भरतताल, धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर मन्दिर, सखरा मन्दिरलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि प्याकेजिग र टिकेटिँगको व्यवस्थापन गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

1667915087698

उहाँले भारतीय पर्यटक, बाह्य मुलुकबाट नेपाल आउने पर्यटक र आन्तरिक पर्यटकका लागि उचित मार्गदर्शन गर्न होटल र पर्यटनवीचमा पुलको काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने भएकोले पनि यस्ता तालिम महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष ओमप्रकाश पाण्डे, सिमरा कलेज प्रमुख शालिकराम अधिकारी, टुर प्रोडक्ट डेभ्लपमेन्टका प्रशिक्षक तथा मधेश प्रदेश अन्तरगतका विभिन्न टुर एण्ड ट्राभलका प्रशिक्षार्थी तथा सन्चारकर्मर्हीरुको उपस्थिति रहेको थियो ।

1667915502020

तालिम नाट्टा केन्द्र र नेपाल पर्यटन बोर्डको सहयोग तथा समन्वयमा सञ्चालन गरिएको बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु