२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

निर्वाचनलाई प्रभावकारी बनाउन बाराको सिमरामा नमुना मतदान प्रदर्शन

२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ( साल अघि) ३८७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ कात्तिकः मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी बनाउन आज बाराको सिमरामा नमुना मतदान प्रदर्शन कार्य सम्पन्न भएको छ । बारा निर्वाचन क्षेत्र नं ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षित गर्ने क्रममा नमुना मतदान प्रदर्शन कार्य सम्पन्न भएको हो ।

1668256286211
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रभावकारी रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सहज होस् भन्ने उद्देश्यले सैदान्तिक र प्रयोगात्मक दुवै रुपले प्रशिक्षण दिएको जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले जानकारी दिनुभयो ।

1668256213874
मतदानस्थलमा आउने अवाञ्छित क्रियाकलाप, मतपेटिका लिएर भाग्ने, मतपत्रमा पानी खन्याइदिने जस्ता अवाञ्छित गतिविधि हुन सक्ने भन्दै यस्ता गतिविधि भएमा पक्राउ गरी कारवाही गर्न सक्ने डेमो समेत प्रस्तुत गरिएकोथियो ।कार्यक्रममा निर्वाचन प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । विगतका निर्वाचनका कार्यक्रमहरु भन्दा यस पटकको कार्यक्रम व्यवस्थित भएको सहभागीहरुले बताएका थिए ।
निर्वाचनका लागि बारा जिल्लाभर मतदान केन्द्रमा चार हजार ४ सय ४०जना कर्मचारी खटिने निर्वाचन कार्यालय बाराले जनाएको छ । स्वयंसेववक भने मतदान अधिकृतले नियुक्त गर्ने भएकाले निर्वाचनमा तथा मतदान केन्द्रमा खटिने कर्मचारीहरु जिल्लाभर ४ हजार ४ सय ४० जना कर्मचारी खटेका बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु