२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विद्यालयमा हुने महिला हिँसा निवारण गर्न राष्ट्रिय महिला आयोगद्वारा बारामा अभिमुखीकरण कार्यक्रम सञ्चालन

२०७९ कार्तिक २८, सोमबार मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

सीता अधिकारी
रजघट्टा, २८ कात्तिकः विद्यालय तहमा यौन हिँसाका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय महिला आयोगले आज बाराको रजघट्टामा महिला हिँसा निवारणको सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयका शिक्षक विद्यार्थी र विद्यालय व्यवस्थापनका पदाधिकारीसँग विद्यालय स्तरमा हुने महिला हिंसा निवारणका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ स्थित जनता माविमा रजघट्टामा आयोगले सञ्चालन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडाले अहिलेको सन्दर्भमा घरमा अभिभावक असाध्यै व्यस्त रहने बालबालिकालाई समय दिन नसक्ने र विद्यालयमा अतयधिक समय व्यतित गर्दा विद्यालयमै बालिकाहरु हिँसामा पर्ने गरेकोले विद्यालयमा हिँसा न्यूनीकरणसम्बन्धी जनचेतना जगाउनुपरेको बताउनुभयो ।

1668440618666

‘ धेरै घटना अभिभावकले नानीहरुलार्इृ टाइम नदिन,े धेरै समय विद्यालयमै विताउनुपर्ने, अभिभवकले छोराछोरीसँग बोल्न नभ्याउने र हिँसाका घटना एकपछि अर्कौ दोहोरिँदै जानुले विद्यालयस्तरमा यस्ता कायृक्रम गर्नुपरेको हो’ । उहाँले भन्नुभयो, ‘काठमाडौँ जस्तो ठाउँमा त विद्यालयमा बालिका सुरक्षित छैनन् भने गाउँमा , मधेसमा अवस्था कस्तो होला भनेर कार्यक्रमको आयोजना गरेका हौँ’ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक युवराज तिमल्सेनाले साइबर क्राइम र यसका सजायका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

1668440876039
त्यसैगरी जनता मावि रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले

1668440817860

लैँगिक हिँसा न्यूनीकरणसम्बन्धीको कार्यपत्र प्रस्तुत गर्नुभयो भने राष्ट्रिय महिला आयोगका मनोपरामर्शकर्ता पार्वती सुवेदीले विद्यालयमा मनोसामाजिक सहयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

1668440700994
अभिमुखीकरण कार्यक्रमले विद्यालय र समाजमा सचेतना जगाउन सहयोग पुगेको कार्यक्रमका सहभागि जनता माविका प्रावि इन्चार्ज गीता थपलिया, नेरामावि फत्तेपुरका सहायक प्रअ किशोरीलाल बछार, सहभाभगी छात्रा अर्चना सापकोटा, दीपककुमार पटेलले धारणा राख्नुभएको थियो ।

1668440765783

कार्यक्रममा जनतामावि रजघट्टा, नेपाल राष्ट्रिय मावि डुमरवाना, नेरामावि फत्तेपुरका प्रधानाध्यापकहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थर्कीो सहभागिता रहेको थियो । कार्यक्रममा जीतपुरसिमराका प्रमुख राजन पौडेल, वडा नं १४ का वडाध्यक्ष चयन गुरुंगलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिषक भवन खड्काले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु