२०८१ मंसिर ९, आईतबार
सिमरा, ४ मंसिरः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्य पदका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले मतदान गर्नुभएको छ ।
श्रेष्ठले २ नं वडा कार्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।
त्यसैगरी नेकपा एमालेका उम्मेद्वार देवनारायण चौधरीले मतदान गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय नगौल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।