२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

नेत्रहीन युवा संघ नेपालले गर्यो विभिन्न मतदान केन्द्रहरुको स्थलगत अनुगमन

२०७९ मंसिर ४, आईतबार मा प्रकाशित ( साल अघि) ३८६ पाठक संख्या

 

सिमरा, ४ मंसिरः आइतबार भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्ष्यित गरि बारालगायत देशका विभिन्न स्थानहरुमा पहुँचयुक्त मतदान केन्द्रको अवस्था र निर्वाचन प्रणालीको विषयमा नेत्रहीन युवा संघ नेपालले परिवेक्षेण तथा स्थलगत अनुगमन गरेको छ ।विभिन्न जिल्लाहरुमध्ये बाराका १० वटा मतदान केन्द्रहरुमा अनुगमन गरिएको हो ।

Received_842952890073892
बिगतका समयमा हुने निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान केन्द्रहरु पहुँचयुक्त नहुँदा भोग्नु परेका समस्याहरु यसपालीको निर्वाचनमा नदोहोरियोस् र सबैले सहज किसिमले आफ्नो मताधिकार प्रयोग गर्न सकुन भन्ने उद्देश्यले मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरिएको हो ।

 

Received_1740573542994635
नेत्रहीन युवा संघ नेपालको पैरवी र सरकारलाई पटक पटक ताकेता गर्दा एक सयभन्दा बढी मतदान केन्द्रहरु पहुँचयुक्त ढाँचामा निर्माण भएको र अपाङ्गता भएका व्यक्तिहरुले सहजै वातावरणमा बिगतका निर्वाचनभन्दा यसपालीको निर्वाचनमा सहभागी भएको नेत्रहीन युवा संघ नेपाल बाराका कार्यक्रम संयोजक विष्णु दाहालले सयपत्री अनलाइनलाई जानकारी दिनु भयो

Received_5258036994300511

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु