२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाराको निर्वाचन क्षेत्र नम्बर–१, ३ र ४ को मतगणना सुरु

२०७९ मंसिर ५, सोमबार मा प्रकाशित ( साल अघि) ३२२ पाठक संख्या

सिमरा, ५ मंसिरः बाराको निर्वाचन क्षेत्र नम्बर–१, ३ र ४ को मतगणना शुरु भएको छ । तीनवटै क्षेत्रको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना शुरु भएको हो । क्षेत्र नम्बर–१ मा नेकपा एमालेका अच्युत मैनाली र नेपाली कांग्रेसका उमाकान्त चौधरीबीच प्रतिस्पर्धा छ ।
त्यस्तै क्षेत्र नं ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह, जनता समाजवादी पार्टीका रामबाबु कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबुसिंह भुइहार लगायत प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर–४ मा पाँच दलीय गठबंधनका तर्फबाट नेकपा समाजवादीका कृष्ण कुमार श्रेष्ठ(किसान ) र नेकपा एमालेका एकबाल मियाँ बीच प्रतिस्पर्धा छ। बारा क्षेत्र नं. ४ को  प्रसौनी गाँउपालिका ७ बन्जरियाबाट प्रतिनिधिसभातर्फको गणना सुरु भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु